प्राइम लाइफ र एभरेष्ट इन्स्योरेन्सको संयुक्त घुम्ति बीमा सेवा शुरु
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले संयुक्तरmपमा घुम्ति बीमा सेवा संचालन गरेका छन् ।
बीमा समितिद्घारा जारी शाखारहित घुम्ति बीमा सेवा सम्बन्धि मार्गदर्शन–२०७६ मा व्यवस्था भए बमोजिम ग्राहकहरmलाई घरदैलोमा नै बीमा सेवा प्रदानगर्ने उदेश्यले उक्त घुम्ति बीमा सेवा आरम्भ गरेको कम्पनीले जनाएको छ ।
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँइले ठाकुरद्घारा, वर्दियामा आयोजित एक भव्य समारोहका बिच सो घुम्ति बीमा सेवाको शुभारम्भ गरेका थिए ।