जनरल इन्स्योरेन्सको खुद नाफा १ करोड ४० लाख, बीमा शुल्क संकलन १५७.५५% ले बढ्यो



काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफामा ८.५२ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले गत आवको पुस मसान्तमा १ करोड २९ लाख रुपैयाँ खुद नाफा गरेकोमा चालु आवको सोही अवधिमा खुद नाफा ११ लाख रुपैयाँले बढाएर १ करोड ४० लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीद्वारा सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीको बीमा शुल्क संकलनतर्फ राम्रो प्रगति देखिएको छ ।

गत आवको पुस मसान्तसम्म ५ करोड १६ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएकोमा चालु आवको सोही अवधिमा १५७.५५ प्रतिशतले वृद्धि गरी १३ करोड २९ लाख रुपैयाँ पुर्याएको छ ।

सो अवधिसम्ममा कम्पनीले अभिकर्ता कमिसनवापत ७७ लाख रुपैयाँ वितरण गरेको छ । साथै कम्पनीले कुल ५८३ दाबीवापत ७ करोड ८० लाख रुपैयाँ भुक्तानी गरेको छ ।

साथै ४३५ दाबीवापतको ५ करोड १८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ भने जगेडा कोषमा ३ करोड ४७ लाख रुपैयाँ र बीमा कोषमा ३ करोड ८५ लाख रुपैयाँ सञ्चित छ ।

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ४.०१ पैसा, प्रतिसेयर नेटवर्थ १११.०१ रुपैयाँ, र प्रतिसेयर कुल सम्पत्ति मूल्य १५५.१५ रुपैयाँ छ ।


क्लिकमान्डु