युनियन लाइफको खुद नाफा २६२.९३% ले बढ्यो, बीमा शुल्क संकलन २ अर्ब ३७ करोड



काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफामा छलाङ मारेको छ ।

कम्पनीले गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा खुद नाफा २६२.९३ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीद्वारा सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार सो अवधिमा २२ करोड ३८ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत आवको सोही अवधिमा कम्पनीले खुद नाफा ६ करोड १६ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

सो अवधिमा कम्पनी १६ करोड २२ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको हो ।

समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क संकलनतर्फ पनि राम्रो प्रगति देखिएको छ । गत आवको पुस मसान्तसम्म १ अर्ब २ करोड ७६ लाख ९० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा चालु आवको सोही अवधिमा बीमा शुल्क संकलन १३०.७७ प्रतिशतले वृद्धि भइ २ अर्ब ३७ करोड १६ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीले चालु आवको दोस्रो त्रैमासमा अभिकर्ता कमिसन वापत ४४ करोड ७३ लाख ९२ हजार रुपैयाँ वितरण गरेको छ । साथै कम्पनीले १७० दाबी भुक्तानीवापत ७ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५६ करोड २६ लाख रुपैयाँ र बीमा कोषमा ३ अर्ब ३७ करोड ७१ लाख सञ्चित छ ।


क्लिकमान्डु