नेपाल इन्स्योरेन्सको खुद नाफा पौने ९ करोड, बीमा शुल्क संकलन ३४.०७ % ले वृद्धि



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले खुद नाफा १९.४० प्रतिशले वृद्धि गरेको छ ।

कम्पनीद्वारा सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार सो अवधिमा ८ करोड ७४ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

गत आवको सोही अवधिमा कम्पनीले खुद नाफा ७ करोड ३२ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क संकलनतर्फ राम्रो प्रगति देखिएको छ ।

गत आवको पुस मसान्तसम्म २४ करोड १ लाख रुपैयाँ बीमा शुल्क आर्जनमा ३४.०७ प्रतिशतले वृद्धि गरेर ३२ करोड १९ लाख २६ हजार रुपैयाँ पुगेको छ ।

सो अवधिसम्ममा कम्पनीले अभिकर्ता कमिसन १ करोड १८ लाख रुपैयाँ वितरण गरेको छ । साथै कम्पनीले १ हजार ५३८ दाबीवापत १३ करोड ३१ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने २ हजार ४५३ दाबीवापत ८६ करोड ९० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

हाल कम्पनीको चुक्ता पुँजी १अर्ब ९ करोड ५५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३२ करोड २५ लाख रुपैयाँ र बीमा कोषमा ३४ करोड १३ लाख ९२ हजार रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १५.९६ पैसा, मूल्य आम्दानी अनुपाल २२.१७ गुणा, प्रतिसेयर नेटवर्थ १६०.६० पैसा र प्रतिसेयर कुल सम्पत्ति मूल्य ३०४.९६ रुपैयाँ छ ।


क्लिकमान्डु