सिटिजन्स बैंकले एक्वायर गर्ने सहयोगी विकास बैंकको नाफा ५ करोड ५५ लाख



काठमाडौं । गत पुसमा सिटिजन्स बैंकसँग एक्वायरको अन्तिम सम्झौता गरिसकेको सहयोगी विकास बैंकको नाफा १.१६ प्रतिशतले वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको सहयोगी विकास बैंकले चालु आवको सोही अवधिमा ६ लाख ४९ हजार रुपैयाँले नाफा बढाएर ५ करोड ६२ लाख रुपैयाँ पुर्याएको छ ।

दुबै बैंकले गत असार २२ गते एक्वायरका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । सिटिजन्स बैंकको हाल चुक्ता पुँजी ८ अर्ब ६२ करोड २१ लाख रुपैयाँ रहेको छ भने सहयोगी विकास बैंकलाई एक्वायर गरेपछि बैंकको चुक्ता पुँजी ९ अर्ब १३ करोड १७ लाख रुपैयाँ पुग्नेछ । यी बैंकले नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबार शुरु गर्नेछन् ।

सहयोगी विकास बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार चालु आर्थिक बैंकको वितरणयोग्य नाफा भने ३ करोड ७८ लाख ८७ हजार रुपैयाँ छ ।

समीक्षा अवधिमा बैंकले ४ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सोवापत बैंकले १२ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिको तुलनामा ब्याज आम्दानी ९.२७ प्रतिशत बढी हो । गत आवको पुस मसान्तसम्म बैंकले ब्याज आम्दानी ११ करोड ८ लाख रुपैयाँ कमाएको थियो ।

साथै बैंकको सञ्चालन नाफामा पनि सामान्य सुधार देखिएको छ । गत आवको पुस मसान्तसम्म ७ करोड ९१ लाख रुपैयाँ सञ्चालन गरेकोमा बैंकले चालु आवको सोही अवधिमा सञ्चालन नाफा ८ करोड २ लाख रूपैयाँ पुर्याएको छ ।

हालसम्म ५० करोड ९६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १२ करोड २५ लाख रुपैयाँ सञ्चित रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १.३२ प्रतिशत, प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६ पैसा, प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ६८ पैसा र मूल्य आम्दानी ८.९३ गुणा, कष्ट अफ फण्ड ७.५५ प्रतिशत र वेसरेट १०.२६ प्रतिशत छ ।


क्लिकमान्डु