अहिलेको उपलब्धीमा सन्तोष मान्नुपर्ने आधार छैन: प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको उपलब्धीलाई सन्तोषजनक मान्न नसकिने बताएका छन् । आइतबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्रीले अहिलेको उपलब्धीमा सन्तुष्ट हुन सक्ने आधार नभएको बताएका हुन् ।

अहिलेको उपलब्धीमा सन्तुष्ट हुन नसक्नुको कारण काममा ढिलासुस्ती र पुँजीगत खर्चमा हुने ढिलासुस्तीलाई औंल्याए ।

प्रधानमन्त्रीले पुँजीगत खर्च समयमा नहुने, काममा ढिलासुस्ती हुँदा वैदेशिक लगानी रहेका आयोजना पनि तीव्र रुपमा अघि बढन नसकेको बताए ।

‘पुँजीगत खर्चमा हुने ढिलासुस्तीले प्रतिफल पाउन सकिएन, यसमा सचेत बनौं,’ प्रधानमन्त्रीले भने ।

बैठकमा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रिय आयोजना बैंकले कुन आयोजना स्वदेशी, कुन आयोजना विदेशी लगानीमा बन्ने भन्ने निचोड निकाल्ने बताए ।

उनले हामी आफैले पनि अध्ययन गरेर विदेशी लगानी ल्याउने र केन्द्र वा स्थानीय तह कुनले गर्ने भनेर तय बैकले नै गर्नुपर्ने बताए ।


क्लिकमान्डु