सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो



काठमाडौं । साताको पहिलो दिन नै सेयर कारोबारमा दोहोरो अंकको गिरावाट आएको छ । सेयर बजारमा गिरावट मात्रै होइन कारोबार रकममा समेत यो दिन निकै गिरावट देखिएको छ । अघिल्ला कारोबार दिनमा १ अर्ब माथी हुने कारोबारमा यो दिन कारोबार रकम १ अर्ब भन्दा तल देखिएको छ ।

सेयर बजारमा मापन गर्ने सूचक १३.७० अंकले बढेर १३१९.९९ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३ अंकले घटेर २८१.०४ बिन्दुमा रोकिएको छ ।

१७३ कम्पनीको २५ लाख ५० हजार २६६ कित्ता सेयर ९५ करोड ४ लाख २ हजार ५८४ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबार रकमको आधारमा नेको इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको ३ करोड ८८ लाख ९७ हजार ६१७ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रोमा ग्लोबल आईएमई बैंक र एनआईसी एसिया बैंक रहेको छ ।

स्वाभिमान लघुवित्त वित्तीय संस्था, कन्चन डेभलपमेन्ट बैंक, छ्याङदी हाईड्रोपावर, सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा प्रुडेन्सियल इन्स्योरेन्स, दिव्यश्वरी हाईड्रोपावर, नेपाल फाइनान्स, सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु