बुलिस मुभमेन्टमा एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य (प्राविधिक विश्लेषण)



काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफामा १२६.२६ प्रतिशतले सुधार गरि ५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफामा तीन करोड १७ लाख रुपैयाँ वृद्धि गरि २ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

एभरेष्ट इन्स्योरेन्स इन्स्योरेन्सले २२.३३ प्रतिशतले बढोत्तरी २३ करोड रुपैयाँ खुद बीमा शूल्क तथा लगानी, कर्जा तथा अन्य आय शिर्षकमा २०६.८६ प्रतिशतले वृद्धि गरि ५ करोड ५५ लाख रुपैंया आर्जन गरेकोले नाफा उलेख्य सुधार आएको हो ।

चुक्ता पूँजी १ अर्ब ९ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा १६ करोड ९६ लाख रुपैयाँ र बीमा कोषमा २५ करोड ५७ लाख रुपैयाँ सञ्चित छ ।

गत वर्षको यसै अवधिमा १८ करोड ८० लाख रुपैयाँ खुद बीमा शूल्क तथा लगानी ,कर्जा तथा अन्य आय शिर्षक तर्फ १ करोड ८१ लाख रुपैंया आर्जन गरेको थियो । त्यस्तै पुर्नबीमा कमिशनबाट १ करोड ३० लाख रुपैंयाले वृद्धि गरि ६ करोड ५२ लाख आर्जन गरेको छ । गत आवको सोहि अवधिमा ५ करोड २२ लाख रुपैंया मात्र कमाएको थियो ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीले खुद दाबी भुक्तानी ५३.०१ प्रतिशतले बढेर २३ करोड ८७ हजार, अभिकर्ता कमिसन ५०.५८ प्रतिशतले बढेर १ करोड १४ लाख तथा व्यवस्थापन खर्चले २५.४१ प्रतिशतले बढेर ७ करोड ८६ लाख रुपैंया पुगेको छ । समग्रमा आम्दानी ५३.०१ प्रतिसत बढेर ६० करोड १५ लाख तथा खर्च पनि ५३.२४ प्रतिशतले बढेर ५५ करोड ८९ लाख पुगेको छ ।

चालु आवको दोश्रो त्रैमाससम्म इन्स्योरेन्सले ५१ हजार ५ सय ५८ बीमालेख जारी गरी कुल ४८ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कुल २ हजार ३ सय १४ दाबी संख्याको आधारमा ९ करोड २५ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको छ भने २ हजार ७ सय८४ दाबी वापत १ अर्ब १४ करोड ६६ लाख रुपैयाँ बराबरको रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

एभरेष्ट इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १० रुपैयाँ ३९ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ३८ रुपैयाँ ८२ पैसा, प्रति शेयर कुल सम्पतिको मूल्य २०७ रुपैंया ६ पैसा र मूल्य आम्दानी अनुपात ३०.८९ गुणा छ ।

एभरेष्ट इन्स्योरेन्सब गत हप्ता फ्लोरसिटबाट हेर्दा एभरेष्ट इन्स्योरेन्स ब्रोकर न ५६, ३४, ३८, ५० तथा २८ बाट सर्वा्िधक खरिद तथा ५६,१४,४८,१६ तथा ४५ बाट सर्वा्धिक विक्री भएको देखिन्छ । त्यस्तै इन्स्योरेन्सको बजार मूल्य ३०६,३५०,४१८ रुपैंयामा सर्वा्िधक शेयर कारोवार भएको छ ।

मैनबत्ति आकृति विश्लेषण

गत साता कारोवार बन्द हुँदा माथिल्लो तथा तल्लो स्याडो सहित बुलिस मैनबत्ति बनेको छ । यसले साताको सुरुवातमा खरिदकर्ता निकै आक्रामक देखिएता पनि अन्त्यमा खरिदकर्ता हावी भएको देखिन्छ ।

१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स

१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ५० को स्केलबाट तिब्र गतिले बढेर ८० को स्केलमा पुगेको छ। यसले इन्स्योरेन्स मूल्य बुलिस मोमेन्टोम भएताृपनि ८० स्केल पुग्नुले केहि सुधार हुन सक्ने संकेत पनि गर्दछ ।

कमोडीटि च्यानल इन्डेस्क

कमोडीटि च्यानल इन्डेस्क धनात्मक २५० स्केलमा आएको देखाउछ । यस सिसिआई धनात्मक १०० तथा ऋणात्मक १००मा विभाजन गर्दछ ।यदि बजार धनात्मक १०० भन्दा माथि घयो भने बढ्ने र ऋणात्मक १०० को स्केल भन्दा तल गएपछि घट्ने संकेत मानिन्छ ।

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)

एभरेस्ट इन्स्योरेन्स गत वर्ष अन्ततिर एमएसिडीले सिग्नल लाईनलाई क्रस भएको थियो। गत साताको अन्ततिर पनि निरन्तता चलेको देखिन्छ । साथै हिस्टोग्राम पनि विस्तारै सेन्ट्रल लाईन भन्दा माथि बढेको छ । एमएसीडीमा बजारको दिशा परिवर्तनको प्रवृत्ति (ट्रेण्ड) देखाउने गर्छ ।

बोलिंजर ब्याण्ड

एभरेस्ट इन्स्योरेन्स चार्ट हर्दा मुल्यले माथिल्लो ब्याण्ड ब्रेक गरेको छ । यसले कम्पनीको मूल्य कम उतारचढाव कम हुने जनाउछ । यस सूचकले बजारको भोलाटिलिटी मापन गर्दछ ।

निष्कर्श

एभरेष्ट इन्स्योरेन्स कम्पनीको दोस्रो त्रैमासमा वित्तीय सूचक निकै सुधार गरेको छ । खुद बीमा शूल्क तथा लगानी ,कर्जा तथा अन्य आय शिर्षकबाट ५३ तथा २०६ प्रतिशतले वृद्धि गरेकोले नाफा बढेको हो ।

आम्दानी ५३.०१ प्रतिसत बढेर पनि तथा खर्च ५३.२४ प्रतिशतले बढेको छ । प्राविधिक आधारमा साप्ताहिक माथिल्लो तथा तल्लो स्याडो सहित बुलिस मैनबत्ति बनेको छ । १४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ८० को स्केलमा पुगेको छ ।

एमएसिडीले सिग्नल लाईनलाई क्रस तथा हिस्टोग्राम सेन्ट्रल लाईन भन्दा माथि रहेको छ । बोलिंजर ब्याण्डमा मूल्य माथिल्लो ब्याण्ड माथि रहेको छ । प्राय सबै सूचकले बुलिस मोमेन्टम रहेको देखिन्छ । यद्यपि आरएसआई ६० स्केलसम्म करेक्सन पश्चात् लगानीकर्ताले खरिद गर्दा बुद्धिमानी देखिन्छ । एभरेष्ट इन्स्योरेन्स कम्पनीको ४९१ रुपैयाँ अवरोध रहेको छ भने ३६० तहमा बलियो टेवा रहेको देखिन्छ ।


पुष्प दुलाल