ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब ६८ करोड,निक्षेप १ खर्ब ९७ अर्ब



काठमाडौं । ग्लोबल आइएमई बैंकले १ अर्ब ६८ करोड रुपैयाँ पुस मसान्तसम्ममा नाफा गरेको छ ।

ग्लोबल आइएमई र जनता बैंक मर्ज भएपछिको पहिलो त्रैमासिक प्रतिवेदन अनुसार बैैंकले १ अर्ब ६८ करोड रुपैयाँ नाफा गरेको हो । अघिल्लो वर्ष ग्लोबलको मात्र नाफा १ अर्ब २२ करोड रुपैयाँ थियो ।
पुस मसान्तसम्ममा ग्लोबल आइएमई बैंकको निक्षेप १ खर्ब ९७ अर्ब रुपैयाँ रहेको छ । यस्तै कर्जा १ खर्ब ९० अर्ब रुपैयाँ रहेको छ ।

मर्ज भएको हुँदा अघिल्लो वर्षको तुलनामा बैंकको खराब कर्जा अनुपात(एनपीएल) बढेको छ ।

बैंको एनपीएल १.२० प्रतिशत छ । यस्तै बैंकको पूँजीकोष अनुपात ११.४७ प्रतिशत रहेको छ ।

बैंकको अघिल्लो वर्षको तुलनामा बेसरेट भने घटेको छ । अघिल्लो वर्ष १०.०९ प्रतिशत रहेको बेसरेट यो वर्ष घटेर ९.६४ प्रतिशत छ । बैंकले अघिल्लो वर्षको तुलनामा स्प्रेडदर भने बढाएको छ । ३.८१ प्रतिशत रहेको स्प्रेड बढेर ५.३१ प्रतिशतमा पुगेको छ ।


क्लिकमान्डु