बालुवाटारको जग्गा ४ लाखमा किनेर बिष्णु पौडेलका छोरा नविनले लिए बैंकबाट ४९ लाख ऋण



काठमाडौं । बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा नेकपा महासचिव बिष्णु पौडेल विवादमा तानिएका छन् ।

पौडेलका छोरा नविन पौडेलको नाममा ८ आना जग्गा पाइएपछि नेकपा महासचिव विवादमा तानिएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयानको क्रममा सो जग्गा सरकारको नाममा पास गर्न तयार भएको प्रतिबद्धतापछि नविनलाई अख्तियारले मुद्दा चलाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयानको क्रममा नविनले सो जग्गा प्रतिआना ५० हजारको दरले खरिद गरेको बयान दिएका छन् । सो बेला बालुवटार एरियामा आनाको १० लाख रुपैयाँमा जग्गाको खरिदबिक्री हुने गरेको थियो । जसको मूल्य अहिले आनाको १ करोड पुगेको छ ।

ललिता निवासको सरकारी जग्गा धितो राखेर कुन बैंकले कसलाई कति कर्जा दिए ? (सूचिसहित)

अख्तियारमा बयानको क्रममा नविनले ४ लाखमा उमाकुमारी ढकाल र माधवी सुवेदीबाट खरिद गरेको बयान दिएका छन् । उनले सो जग्गा सरकारी भएको आफुलाई थाह नभएको हुँदा राजस्व तिरेर ४ लाख रुपैयाँमा खरिद गरेको बयान दिएका छन् । उनले सो जग्गा सरकारको नाममा फिर्ता दिन तयार रहेको समेत बताएका थिए ।

बालुवाटारको सो जग्गा धितो राखेर नविनले तत्कालिन यती डेभलपमेन्ट बैंकबाट ४१ लाख रुपैयाँ ऋण निकालेका थिए । अहिले महालक्ष्मी विकास बैंकको नाममा कारोबार गर्ने बैंकले भने नविन पौडेलले लिएको ऋण चुक्ता भइसकेको जनाएको छ ।

‘नविन पौडेलले सो जग्गा धितो राखेर ऋण लिएको भएपनि सो ऋण चुक्ता भइसकेको छ,’बैंक स्रोतले भन्यो ।


क्लिकमान्डु