ललिता निवासको सरकारी जग्गा धितो राखेर कुन बैंकले कसलाई कति कर्जा दिए ? (सूचिसहित)



काठमाडौं । ललिता निवासको सरकारी जग्गामा बैंक तथा वित्तीय संस्थाले धितो राखेर ऋण दिएको भेटिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा बनाउने विरुद्द मुद्दा दायर गरेसँगै सो जग्गा धितो राखेर बैंकहरुले समेत ऋण दिएको खुलेको हो ।
बैंकहरुले भने व्यक्तिको नाममा जग्गाधनी पुर्जा आएको र सो अनुसार ऋण दिएको जनाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार २ अर्ब १३ करोड रुपैयाँ ऋण दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसरी जग्गा जग्गा धितो राखेर ऋण दिने बैंकहरुलाई अनुसन्धान गर्न भनेको छ ।
राष्ट्र बैंकले ललिता निवासको सरकारी जग्गा धितो राखेर ऋण दिएका बैंकहरुलाई अनुसन्धान भने सुरु गरिसकेको छ । यदी सो ऋण रकम चुक्ता भइसकेको भए थप कारवाही केहीपनि हुँदैन ।
राष्ट्र बैंकले बैंकहरुलाई यसरी धितो राखेका ऋणीलाई अर्को जग्गा धितो राख्नको लागि भन्नेछन् । त्यो नभएमा सो बराबरको ऋण एनपीएलमा गणना हुन्छ । बैंकहरुले सो बराबरको रकम नोक्सानी व्यवस्थाको लागि प्रोभिजन गर्नुपर्ने हुन्छ ।

ललिता निवासको सरकारी जग्गा धितो राखेर सबैभन्दा बढी इन्दु शर्माले ऋण लिएकी छन् । उनले नेपाल इन्भेष्टमेन्ट बैंकबाट ६९ करोड १० लाख रुपैयाँ ऋण लिएको भेटिएको छ । सो ऋण भने चुक्ता भएको छैन ।
यस्तै पुरुषोतम पौडेलले पनि सबैभन्दा बढी रकम ऋण लिएका छन् । उनले ४९ करोड रुपैयाँ नेपाल इन्भेष्टमेन्ट बैंकबाट ऋण लिएका छन् ।

सरकारी जग्गा धितोमा सरकारी बैंक सहित निजी क्षेत्रका बैंकहरुले ऋण दिएका छन् । यसरी ऋण दिनेमा तत्कालिन   आइएमई फाइनान्स इन्स्टिच्युसन, नेपाल बैंक लिमिटेड यति डेभलपमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक,युनिक फाइनान्स इन्स्टिच्युसनल,ग्लोबल आइएमई बैंक,लक्ष्मी बैंक रहेका छन् । हिमालयन बैंक, आर्या तारा बचत तथा,    बैंक अफ एशिया नेपाल,  एनआईडिसी डेभलपमेन्ट बैंक, काष्ठमाण्डप डेभलपमेन्ट बैंक, नेपाल डेभलपमेन्ट एण्ड इमपलायमेन्ट प्रोमशन बैंक, प्राइम कमर्सियल बैंक, किष्ट बैंक रहेका छन् ।

ऋणको सूचि हेर्नुहोस्

बैंक जग्गाधनीको नाम ऋण रकम
आइएमई फाइनान्स इन्स्टिच्युसन उमाकुमारी ढकालरमाधवी सुवेदी 19000000
नेपाल बैंक लिमिटेड भारती पाण्डे 10000000
यति डेभलपमेन्ट बैंक नविन पौडेल 4900000
नेपाल इन्भेष्टमेन्ट बैंक पुरुषोत्तम पौडेल 431000000
युनिक फाइनान्स इन्स्टिच्युसनल मन्ती गोर्खाली 20000000
ग्लोबल आइएमई बैंक शोभाकान्तर उमा कुमारी 37500000
लक्ष्मी बैंक कामना गुरुङ 143500000
लक्ष्मी बैंक सरला गुरुङ 183500000
हिमालयन बैंक संगिता कोठारी राखेचा 33100000
लक्ष्मी बैंक कल्याण गुरुङ 143500000
आर्या तारा बचत तथा ऋण केशव तुलाधर 20000000
युनिक फाइनान्स इन्स्टिच्युसनल बन्द्री लक्ष्मी श्रेष्ठ 10000000
बैंक अफ एशिया नेपाल प्रविण ताम्राकार 7578125
नेपाल इन्भेष्टमेन्ट बैंक विवेक कुमार सुवेदी 100000000
एनआईडिसी डेभलपमेन्ट बैंक डिएलएफ डेभलपर्स 150000000
काष्ठमाण्डप डेभलपमेन्ट बैंक नितू गुरुङ 14000000
नेपाल डेभलपमेन्ट एण्ड इमपलायमेन्ट प्रोमशन बैंक नुतन श्रेष्ठ 2000000
प्राइम कमर्सियल बैंक सन्ध्या शाक्य 18200000
किष्ट बैंक सरस्वती घले गुरुङ र सरला गुरुङ 100000000
नेपाल इन्भेष्टमेन्ट बैंक इन्दु शर्मा 691000000
यति डेभलपमेन्ट बैंक संदिप ढकाल 4900000


क्लिकमान्डु