पेट्रोल र डिजलको मूल्य १ रुपैयाँ घट्दा एलपी ग्यास सिलिण्डरमा २५ रुपैयाँले बढ्यो



NOC

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य लिटरमा एक रुपैयाँले घटाएको छ । निगमले राती १२ बजेदेखि लागु हुने गरेर पेट्रोल र डिजलको मूल्य घटाएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य ११० रुपैयाँ भएको छ भने डिजलको मूल्य ९९ भएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य सिलिण्डरमा २५ रुपैयाँले बढाएको छ । अब एलपी ग्यास सिलिण्डरमा १३७५ रुपैयाँ पर्ने छ ।

मूल्य समायोजन गरे पश्चात् नेपाल तर्फको विरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा विक्री मूल्य १६.४० रुपैयाँ सस्तो र डिजल १६ रुपैयाँ २७ पैसा सस्तो हुने निगमले जनाएको छ ।


क्लिकमान्डु