सवारी साधन पैठारीमा समस्या, व्यवसायीलाई सहजीकरण गरिदिन नाडाको आग्रह



काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्याललाई भेट गरी व्यवसायीका समस्या समाधान गरिदिन आग्रह गरेको छ ।

सोमबार नाडा अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ७ सदस्यीय प्रतिनिधि मण्डलले अर्यालसँग भेट गरी सवारी साधन पैठारीकर्ताहरुले आफनो एजेन्सी बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा समेत दर्ता गर्नुपर्ने विषयमा छलफल गरेको थियो ।

भेटमा नाडाका अध्यक्ष दुलालले विभागमा एजेन्सी दर्ता सम्बन्धमा पुराना विभिन्न ऐनका कारण एजेन्सी नविकरणमा विभिन्न समस्याहरु आएको बताउँदै सवारी साधन पैठारी गर्दा अप्ठ्यारो परेकाले व्यवसायलाई सहजीकरणका लागि अनुरोध गरेका थिए ।

छलफलमा उपाध्यक्षद्वय करण चौधरी र आकाश गोल्छाका साथै र केन्द्रीय कार्यसमिति सदस्य निराकार श्रेष्ठले यसबारेमा आफ्ना भनाइ राखेका थिए ।

उद्योग वाणिज्य तथा आपूर्ति सचिव डा बैकुण्ड अर्यालले यसबारे केही दिनभित्रै नेपाल राष्ट्र« बैंक, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, र भन्सार कार्यालयहरुसंग छलफल गरी व्यवसायीको सहजीकरणका लागि निर्णय गरिने बताए ।


क्लिकमान्डु