हिमालयन बैंकको अध्यक्षबाट मनोजबहादुर श्रेष्ठ बाहिरिने, संचय कोषका तुलसी गौतम अध्यक्ष बन्ने



काठमाडौं । हिमालयन बैंकको अध्यक्षबाट मनोजबहादुर श्रेष्ठ बाहिरिने भएका छन् ।

हिमालयन बैंकको यही १२ तारिक हुने साधारणसभाले नयाँ संचालक समितिको चयन गर्ने छ । सोमबार साढे १२ बजेसम्म संचालकको चयनको लागि उम्मेद्वारीको दर्ताको कार्यतालिका रहेको थियो । जसमा मनोजबहादुर श्रेष्ठको उम्मेद्वारी परेन ।

श्रेष्ठको उम्मेद्वारी नपरेपछि अहिलेका अध्यक्ष मनोजबहादुर श्रेष्ठ हिमालयन बैंकबाट बाहिरिने भएका हुन्।

हिमालयन बैंक स्रोतका अनुसार अब बैंकको अध्यक्ष कर्मचारी संचय कोषका प्रमुख प्रशासक तुलसी गौतम बन्ने छन् ।

यस्तै अर्का संचालकमा आशिष शर्मा आउने भएका छन् ।

हिमालयन बैंकमा अध्यक्ष मनोजबहादुर श्रेष्ठ थिए भने संचालकमा उनका भाई प्रचण्डबहादुर श्रेष्ठ थिए । राष्ट्र बैंकको कडा निर्णयसँगै मनोजबहादुर श्रेष्ठ बाहिरिने भएका हुन् ।

मनोजबहादुर श्रेष्ठ बाहिरिएपनि प्रचण्ड श्रेष्ठ भने संचालकमा कायम रहने छन् ।

व्यक्तिगत रुपमा श्रेष्ठकि आमाकाे नाममा मात्रै १५ प्रतिशतको हाराहारीमा सेयर छ । २ जना संचालक बन्नका लागि १४.५/१४.५ प्रतिशत सेयर बराबरको प्राेक्सी हुनुपर्नेमा श्रेष्ठ दाजुभाइले २०.५ प्रतिशत मात्रै प्राेक्सी उठाउन सफल भएपछि मनाेजबहादुर बाहिरिनु परेको हाे ।

मनाेजबहादुरले बखेडा निकालेका कारण बैंक गर्ने निर्णयहरु प्रभावित हुँदै आएका थिए ।

‘मनाेजबहादुरकाे बहिर्गमनसँगै अब काम गर्न सजिलो भएको छ,’ एक सन्चालकले भने ।


क्लिकमान्डु