सुनको मूल्यमा हालसम्मकै उच्च बिन्दुमा



काठमाडौं । आइतबार सुनको मूल्यमा हालसम्म कै सबैभन्दा मूल्य कायम भएको छ ।

नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मुल्य ५०० रुपैयाले बढेर प्रतितोला ७६ हजार ५०० रुपैया पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।

शुक्रबार सुन प्रतितोला ७६ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य भने शुक्रबारको तुलनामा ५ रुपैयाले बढेर आइतबार प्रतितोला ८९५ मा कारोबार भइरहेको छ ।

इरान र अमेरिकाबीचको तनावमा कुनै सुधार नआएपछि सुनको मूल्य निरन्तर बढिरहेको छ । सुरक्षित लगानीका रुपमा सुनलाई लिएर लगानी गर्नेह बढेपछि अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा उच्च वृद्धि भएको हो । यसको प्रभाव नेपाली बजारमा समेत परेको हो ।


क्लिकमान्डु