खरेलको राजीनामापछि वायु सेवा निगमले तिर्यो १ अर्ब बढी ऋण



काठमाडौं । नेपाल वायु सेवा निगमले वाइड बडी विमान खरिद गर्दा लिएको ऋण वापतको १ अर्ब १ करोड ४१ लाख ६४ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएको डेढ सातापछि निगमले सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको पुस मसान्तसम्मको किस्ता वापतको उक्त ऋण बुझाएको हो ।

निगमका अनुसार २ वटा वाइडबडी खरिद गर्दाको किस्ता ६६ करोड ५५ लाख ९९ हजार ७७० रुपैयाँ र न्यारोबडी खरिद गर्दाको ३४ करोड ८५ लाख ६४ हजार ६२३ रुपैयाँ बुझाएको हो ।

खरेल अध्यक्ष भएपछि जम्मा २० करोड रुपैयाँ मात्रै किस्ता तिरेका थिए । नियमित रुपमा किस्ता तिर्न नसकेको भन्दे खरेलको आलोचना हुँदै आएको थियो ।


क्लिकमान्डु