एपबाट सन्देश पठाएर अनलाइन सपिङको नाममा ठगी, प्रहरी भन्छ- तत्काल खबर गर्नुस



काठमाडौं  ।  तपाईको म्यासेन्जरमा नयाँ नयाँ खालका एपको म्यासेज आएको छ । तपाईलाई कुनै पनि बहुमूल्य सामान सस्तोमा पाइन्छ भन्ने सूचना आएको छ वा यो एप डाउलोड गर्नुस् सस्तोमा सामान पाइन्छ भनिएको छ ? यदि छ भने ती एपहरु तपाईका लागि ठग्नका लागि प्रयोग हुन स्क्छन् । नेपाल प्रहरीले अवैध एपको नाममा ठगी गर्ने गिरोहलाई धमाधम पक्राउ गर्न थालेको छ ।

मालवेयर जस्ता भाइरस भएका एप मार्फत तपाईको सम्पूर्ण जानकारी लिने र ठगी गर्ने गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ । गलत एपको लोभमा पर्दा आफ्नो भए भरको सम्पत्ति समेत गुम्न सक्छ । विशेष गरी पछिल्ला दिनमा प्रविधिको दुरुपयोग गरेर ठगी गर्ने गिरोह राजधानीलागयत प्रमुख शहरहरुमा सक्रिय रहेको पाइएको छ ।

काठमाडौं उपत्यकामा पनि आइफोन मोबाइल सस्तोमा चाहनुहुन्छ भने यो एप डाउलोड गर्नुस भन्दै सयौं व्यक्तिलाई सूचना पठाउने गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ । त्यस्ता व्यक्तिले बहुमूल्य सामान सस्तोमा पाइने भन्दै म्यासेन्जमा सूचना पठाउने गरेको पाइएको छ । प्रहरीको साइबर सेलमा समेत सो विषयमा गुनासो पुगेको छ ।

यो घटनाको सार्वजनिक भने पर्सा प्रहरीले केही दिन पहिले गरेको हो । पर्सा प्रहरीका अनुसार अनलाइन सपिङ त्यो पनि एपमार्फत भन्दै ठगी गर्ने गिरोहलाई पक्राउ गरेपछि खुलेको हो । पर्सा प्रहरीले नक्कली एप बनाएर ठगी गर्ने ४ जनालाई यही माघ १४ गते पक्राउ गरेपछि उक्त ठगी धन्दा सतहमा आएको हो । उनीहरुले सामािजक सञ्जालबाट कम मूल्यमा आइफोन उपलब्ध गराउने भन्दै ठगी गरेका थिए ।

सो गिरोहले आइफोन मात्रै नभई यूरोप तथा अमेरिका समेत पठाउने भन्दै ठगी गरेका थिए । यो एप डाउलोड गर्नुस्, कम खर्चमा यूरोप तथा अमेरिका पठाइदिने भन्दै सामाजिक सञ्जालमा म्यासेज पठाएर ठगी गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । ठगीमा संलग्न गिरोहले क्लब फ्याक्ट्री, क्लब जोन तथा क्लब न्यू नामक विभिन्न अनलाइन सपिङ तथा एप भन्दै ठगी गर्ने गरेको खुलासा भएको छ । सो गिरोहले हराएका नागरिकता तथा फोटोकपी गर्ने विभिन्न स्टेशनरी पसल तथा विभिन्न संयन्त्र प्रयोग गरी नक्कली नागरिकताबाट विभिन्न बैंक तथा वित्तीय संस्थामा खाता समेत खोलेको पाइएको छ ।

सो गिरोहले यो एप डाउलोड गर्नुस र यो एकाउण्ट नम्बरमा पैसा हाल्न्ुस, सामान तपाईको घरमा आइपुग्छ भन्दै ठगी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरुले विदेश जाने भए चुपचाप पैसाि गर्नुस् भन्दै प्रविधिमा जानकार नभएका यूवालाई ठगी गरेको बताइन्छ । सो गिरोहले हल्ला गरे, कम खर्चमा विदेश जान नपाइने भन्दै सामािजक सञ्जालमा म्यासेज समेत पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गिरोह ठूलै हुन स्क्ने भएकाले प्रहरीले पक्राउ परेकाहरुसँग मिहिन पाराले छानबनि गरीरहेको जनाएको छ । सो गिरोहले राजधानी काठमाडौं तथा अन्य शहरी क्षेत्रमा समेत आफ्नो सञ्जाल भएको भन्दै प्रहरीलाई बयान दिएकाले खोजी कार्य जारी रहेको पर्सा प्रहरीको भनाइ छ ।

नक्कली एप वा चिन्दै नचिनेको व्यक्तिले पठाएको सन्देश हेर्दा अस्वाभाविक लागेका तत्काल प्रहरीलाई खबर गर्न र नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरेको छ । अनलाइन सपिङको नाममा ठगी बढेपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले समेत विभिन्न संयन्त्र प्रयोग गरेको बताएको छ ।


क्लिकमान्डु