राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन ऋण लिन कति ब्याजदर ?



काठमाडौं । पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिष्य वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । माघ १७ गतेदेखि लागू हुनेगरी बैंकले कर्जा तथा निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरको हो ।

बैंकले साधारण मुद्दति निक्षेपमा ६.५० प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याज दिने भएको छ । भने विषेश मुद्दति निक्षेपमा ७.५० प्रतिशतदेखि ८.५० प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । साथै बैंकले कर्पोरेट मुद्दतितर्फ ६.५० प्रतिशतदेखि ८.५० प्रतिशतसम्म ब्याज दिनेछ ।

राष्ट्रिय गौरवका आयोजना प्रभावितहरुलाई भने बैंकले ९.२५ प्रतिशत मुद्दतिमा ब्याज दिने जनाएको छ । अन्य व्यक्तिगत मुद्दति खातामा बैंकले ९.२५ प्रतिशत र संस्थागततर्फ ८.५० प्रतिशत ब्याज दिने जनाएको छ ।

बचत खातामा बैंकले न्यूनतम ४ र अधिकतम ६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । कर डिपोजिटतर्फ ४ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ ।

बैंकले सार्वजनिक गरेको सूचना अनुसार पुस मसान्तसम्म बैंकको वेसरेट ६.६० प्रतिशत छ । सोही वेसरेटलाई आधार राखेर बैंकले कर्जाको ब्याजदर न्यूनतम ७.६ प्रतिशतदेखि १२ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

बैंकबाट ओभर ड्राफ्ट कार्डमा कर्जा लिँदा ११ प्रतिशतसम्म, आवधिक कर्जा ११ प्रतशतसम्म, विपन्न वर्गा कर्जामा ९ प्रतिशतसम्म र हायरपर्चेज कर्जामा ११.५ प्रतिशत ब्याज लाग्ने बैंकले उल्लेख गरेको छ ।

यस्तै बैंकबाट ११.५ प्रतिशतसम्म, शैक्षिक कर्जा १० प्रतिशतसम्म, सेयर धितोमा जाने कर्जा १२ प्रतिशतसम्म र व्यक्तिगत कर्जामा १२ प्रतिशत ब्याज लिने बैंकले जनाएको छ ।


क्लिकमान्डु