लघुवित्तमा ४४ लाख ६१ हजार जनसंख्या आबद्ध, ११ खर्ब ८४ अर्ब ऋण लिए



काठमाडौं । नेपालमा संचालनमा रहेका ८९ वटा लघुवित्त कम्पनमिा ४४ लाख ६१ हजार ९१४ जननसंख्या आबद्ध रहेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार लघुवित्त कम्पनीले ११ खर्ब ८४ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन् ।

लघुवित्तमा आबद्ध रहेको सदस्यमा निस्कृय रहेका सदस्यको संख्या १ लाख ४२ हजार ३५२ रहेको छ । २७ लाख ५५ हजार४२५ जनाले लघुवित्तबाट ऋण लिएका छन् ।

लघुवित्तबाट लिएको ऋण लघु व्यवसायको लागि ८ खर्ब ७५ अर्ब प्रयोग भएको छ । लघु उद्यममा ९२ अर्ब रुपैयाँ प्रयोग भएको छ भने अन्य शिर्षकमा २ खर्ब १६ अर्ब रुपैयाँ प्रयोग भएको छ । लघुवित्तले प्रवाह गरेको कर्जामा ५ अर्ब १७ करोड २६ लाख ७६ हजार रुपैयाँ असुल हुन नसकेको देखिएको छ । सदस्यको संख्या अनुसार १ लाख २८ हजार ८३१ जना सदस्यले लघुवित्त संस्थाबाट ऋण लिएरपनि तिर्न सकेका छैनन् । लघुवित्त कम्पनीले नोक्सानी व्यवस्थाको लागि ४ अर्ब ४० करोड रुपैयाँ छुट्याएका छन् ।

लघुवित्त कम्पनीमा १८ हजार ३७९ जना कर्मचारी कार्यरत रहेका छन् । कुल शाखा संख्या ३ हजार ६९१ पुगेको छ ।


क्लिकमान्डु