कर्मचारीको साढे २ अर्ब राख्न बैंक खोज्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीको पैसा मुद्दति निक्षेपमा राखिदिन बैंक तथा वित्त संस्थालाई प्रस्ताव गरेको छ ।

राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा हालसम्म रहेको २ अर्ब ५० करोड रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाको मुद्दचि निक्षेपमा लगानी गर्ने भएकोे हो । सो रकम राष्ट्र बैंकमा कार्यरत तथा पूर्व कर्मचारीहरुको पेन्सन तथा उपदानवापतको रकम हो ।

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा जम्मा भएको रकम इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको मुद्दतिमा ३६५ दिने अर्थात १ वर्ष मुद्दतिमा लगानी गर्ने जनाएको छ ।

जसका लागि राष्ट्र बैंकबाट इजाजत दिएर सञ्चालनमा आएको २ वर्ष पूरा भएको, खराब कर्जा अनुपात ५ प्रतिशतभन्दा कम भएको र तरल सम्पत्ति २० प्रतिशतभन्दा बढी रहेको लगायतका सर्तहरु तोकेको छ ।

राष्ट्र बैंकले तोकेका सर्त पूरा भएका बैंक वित्त संस्थाले माघ १९ गते दिउँसो ४ बजेसम्म राष्ट्र बैंक वित्त व्यवस्थापन विभाग, अवकाश कोष इकाइमा पेश गर्न सूचना जारी गरेको छ ।


क्लिकमान्डु