९ बैंकको नयाँ ब्याजदर सार्वजनिक, कसको कति ?



काठमाडौ । बैंकहरुले धमाधम नयाँ ब्याजदर सार्वजनिक गरिरहेको छन् । हालसम्म करिब १ दर्जन वाणिज्य बैंकहरुले माघ महिना लागेपछि नयाँ ब्याजदर सार्वजनिक गरी लागू गरिसकेका छन् । जसमा सबै बैंकहरुले गत महिनाको तुलनामा निक्षेपसँगै आधारदर (बेसरेट) बढाएर कर्जाको ब्याजदर पनि बढाएका छन् ।

बिहिबार मात्र ३ वटा वाणिज्य बैंक एसबीआइ, नविल र नेपाल बैंकले कर्जा तथा निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । यसअघि प्रभु बैंक, लक्ष्मी बैंक, नेपाल इन्भेष्मेन्ट बैंक, सनराइज बैंक, एभरेष्ट बैंक र एनएमबी बैंकले चालु आर्थिक वर्षको त्रेस्रो त्रैमास शुरु भएपछि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

बैंकहरुले बेसरेटलाई आधार राखेर कर्जाको ब्याज निर्धारण गरेका हुन्छन् । मामा नयाँ ब्याजदर सार्वजनिक गर्ने बैंकहरु मध्ये सबैभन्दा कम नेपाल बैंकको ७.८२ प्रतिशत र सबैभन्दा धेरै लक्ष्मी बैंकको १०.०९ प्रतिशत रहेको छ ।

नेपाल बैंक

बिहिबार नयाँ ब्याजदर सार्वजनिक गर्ने सरकारी बैंक नेपाल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ९ प्रतिशतदेखि ९.२५ प्रतिशतसम्म र संस्थागत मुद्दती निक्षेपमा ८.५० देखि ८.६० सम्म ब्याज दिनेछ जनाएको छ । बैंकले बचत खातामा तर्फ भने ६ प्रतिशत र साधारण बचतमा ४ प्रतिशत ब्याज दिनेछ ।

बैंकले पुस मसान्तसम्मको आधारदर ७.८२ प्रतिशत तोकेर कर्जाको ब्याजदर भने न्यूनतम ८.८७ प्रतिशतदेखि १२.८४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । जसमा ऋणीले ओभर ड्राफ्ट कार्डबाट कर्जा लिँदा ११.९८ प्रतिशत, होम लोनमा ११.४८ प्रतिशतसम्म, सेयर धितो कर्जा १२.८४ प्रतिशत, एजुकेशन लोन ९.१६ प्रतिशतसम्म र अटो लोन ११.९८ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

नबिल बैंक

नबिल बैंकले माघ १६ गते देखिलागू हुनेगरी सार्वजनिक गरेको नयाँ ब्याजदरमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ७ प्रतिशतदेखि ९.२५ प्रतिशतसम्म र संस्थागत मुद्दती निक्षेप तर्फ ८.५० देखि८.६० प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । बचत खातामा भने बैंकले ३.७५ प्रतिशतदेखि ५.७५ प्रतिशतसम्म ब्याज तोकेको छ ।

बैंकले पुस मसान्तसम्मको आधारदर ८.१० प्रतिशत तोकेर कर्जाको ब्याजदर भने ९.८५ प्रतिशत देखि१४.१ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । जसमा ऋणीले ओभर ड्राफ्ट कार्डबाट कर्जा लिँदा १४.१ प्रतिशतसम्म, होम लोनमा १२.६ प्रतिशतसम्म, एजुकेशन लोन १३.१ प्रतिशतसम्म र अटो लोन १३.६ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले सार्वजनिक बिहिबार सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा ९.२५ प्रतिशत र संस्थागत तर्फ ८.५० प्रतिशतदेखि ८.६० प्रतिशतसम्म ब्याज दिनेछ । बचत खाता तर्फभने बैंकले २ प्रतिशत देखि ५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

पुस मसान्तमा बैंकको बेसरेट ९.९४ प्रतिशत रहेको छ । बैंकले कर्जाको ब्याजदर भने ११.२५ प्रतिशत देखि१६.६९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । जस माध्ये ऋणीले ओभर ड्राफ्ट कार्डबाट लिँदा कर्जा १५.४४ प्रतिशत, घर जग्गा व्यवसाय कर्जा १६.६९ प्रतिशतसम्म, एजुकेशन लोन १४.९४ प्रतिशतसम्म, होम लोनमा १५.४४ प्रतिशतसम्म, सेयर धितो कर्जा १५.९४ प्रतिशतसम्म र अटो लोन १५.४४ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा माघ १५ गते सार्वजनिक नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ प्रतिशत र संस्थागत तर्फ ८.५० प्रतिशत देखि८.६० प्रतिशतसम्म रहेको छ । बचत खातामा भने बैंकले ३.५ प्रतिशत देखि५.५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

बैंकको पुस मसान्तसम्मको बेसरेट ८.५८ प्रतिशत रहेको छ । जसलाई आधार मानेर बैंकले कर्जामा न्यूनतम ९.५८ प्रतिशत देखिअधिकतम १५.५० प्रतिशतसम्म ब्याज तोकेको छ । बैंकले १ वर्षको लागि निश्चित कर्जाहरु एनआइबिएल इको लोनमा १०.५० प्रतिशत, एनआइबीएल एसएमई लोनमा ९.९९ प्रतिशत र प्रोडक्टिभ एग्रो सेक्टर लोनमा १०.५० प्रतिशत ब्याज तोकेको छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले माघ १५ गते देखि व्यक्तिगत मुद्दती निक्षेपमा ९.२५ प्रतिशत र संस्थागत तर्फ ८.६० प्रतिशतसम्म ब्याज दिनेछ । बचत खाता तर्फ भने बैंकले ५ प्रतिशतदेखि ६.५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

पुस मसान्तमा बैंकको बेसरेट १०.०९ प्रतिशत रहेको छ । बैंकले हाल २२ प्रकारका कर्जा दिइरहेको छ । अधिकांस कर्जाको ब्याजदर भने बैंकको ११.०९ देखि १९.०९ प्रतिशत माथि रहेको उल्लेख गरेको छ ।

प्रभु बैंक

प्रभु बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ प्रतिशत र संस्थागत तर्फ ८.५० प्रतिशत देखि ८.६० प्रतिशतसम्म रहेको छ । बचत खातामा भने बैंकले न्युनतम ४.५० प्रतिशत देखि६.५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

बैंकको पुस मसान्तसम्मको बेसरेट ९.४५ प्रतिशत रहेको छ । जसलाई आधार मानेर बैंकले कर्जामा न्यूनतम १०.७ प्रतिशत देखिअधिकतम १४.४५ प्रतिशतसम्म ब्याज तोकेको छ ।

एनएमबि बैंक

एनएमबि बैंकले माघ १५ गते देखिलागु हुनेगरी सार्वजनिक गरेको नयाँ ब्याजदरमा व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५ प्रतिशत र संस्थागत तर्फ ८.६० प्रतिशतसम्म ब्याज दिनेछ । बैंकले हाल ३४ प्रकारको बचत खाता सञ्चालन गरिरहेको छ । ती बचत खाता तर्फभने बैंकले ४.५० प्रतिशतदेखि ६.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

फरेन करेन्सी डिपोजिटमा बैंकले ०.२५ देखि ५.७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

पुस मसान्तमा बैंकको बेसरेट १०.०६ प्रतिशत रहेको छ । बैंकले कर्जाको ब्याजदर भने बैंकले १२.०६ देखि १७.०६ प्रतिशत माथि रहेको उल्लेख गरेको छ ।

सनराइज बैंक

सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ १४ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैकले नयाँ ब्याजदर अनुसार साधारण मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ प्रतिशत र संस्थागततर्फ ८.५० प्रतिशतदेखि ८.६० प्रतिशतसम्म रहेको छ ।

हाल बैंकले १३ वटा बचत खाता सञ्चालन गरिरहेको छ । अधिकांश बचत खातामा बैंकले ४ प्रतिशत देखि६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । साथै बैंकले ४ प्रकारका फरेन करेन्सी डिपोजिटमा भने १ प्रतिशतदेखि ३५० प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ ।

पुस मसान्तमा बैंकको बेसरेट ९.९९ प्रतिशत रहेको छ । बैंकले हाल २४ प्रकारका कर्जा दिइरहेको छ । अधिकांश कर्जाको ब्याजदर भने बैंकको १५.९९ प्रतिशत माथि रहेको उल्लेख गरिएको छ । बैंकले क्रेडिट कार्डमा भने २ प्रतिशत ब्याज लिने जनाएको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले माघ १४ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार साधारण मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ८.५० प्रतिशतदेखि ९.२५ प्रतिशतसम्म र संस्थागत तर्फ ७ प्रतिशतदेखि ८.५० प्रतिशतसम्म रहेको छ । अन्य मुद्दति खातामा बैंकले ८.५० प्रतिशत देखि९.२५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ ।

हाल बैंकले २७ वटा बचत खाता सञ्चालन गरिरहेको छ । अधिकांश बचत खातामा बैंकले ३.५० प्रतिशतदेखि ५.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ । साथै बैंकले ३ प्रकारका फरेन करेन्सी डिपोजिटमा भने ०.२५ प्रतिशत देखि २ प्रतिशतसम्म व्याज दिनेछ । कल डिपोजिटको ब्याज भने बैंकले ३.५० प्रतिशतभन्दा माथि दिने जनाएको छ ।

पुस मसान्तमा बैंकको बेसरेट ८.४६ प्रतिशत रहेको छ । जसलाई आधार राखेर बैंकले कर्जाको ब्याज भने बैंकको न्युनतम ९.७१ प्रतिशतदेखि १५.४६ प्रतिशतसम्म निर्धारण गरेको छ । जस मध्ये ऋणीले ओभर ड्राफ्ट कार्डबाट कर्जा लिँदा १५.४६, होम लोनमा १३.९६ प्रतिशत, सेयर धितो कर्जा १५.२१ प्रतिशत, एजुकेशन लोन १५.४६ प्रतिशत र अटो लोन १५.२१ प्रतिशत ब्याजदर तोकेको छ ।


क्लिकमान्डु