गोकर्ण रिसोर्टको जग्गाको विवाद लेखा समितिमा, छानबिन गर्न कांग्रेस नेता रिजालको माग



काठमाडौं । गोकर्ण फरेस्ट रिसोर्टको जग्गा यती ग्रुपलाई म्याद नसकिदै पुनः थपेको विषय सार्वजनिक लेखा समितिमा प्रवेश गरेको छ ।

नेपाली कांग्रेसका सांसद् डा मिनेन्द्र रिजालले गोकर्णको जग्गा भाडामा लगाउने विषयमा आर्थिक घोटाला भएकोले यसमा तत्काल छानविन गर्न माग गरेका छन् । लेखा समितिको बैठकमा रिजालले ट्रस्टको कार्यालयले अख्तियारको दुरुपयोग गरेको र आर्थिक हिनामिना भएकोले समितितले तत्काल उपसमिति बनाएर छानविन गर्न माग गरेका हुन ।

बैठकमा उनले पुर्व राजाको जग्गा ६ वर्ष अघि नै २०२५ को लागि अहिले बाट भाडामा दिन लाग्नु भयो २०५० को लागि पुर्व राजाको जग्गा कहाँ कहाँ भाडामा लगाउनु भयो त्यो पनि जानकारी गराउन माग गरे ।


क्लिकमान्डु