संस्कृत विश्वविद्यालयमा पीएचडी कक्षा शुरु



दाङ । नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रले वेलझुण्डीमा विद्यावारिधी पिएचडिको कक्षा शुरु गरेको छ । विश्वविद्यालयले विगतदेखि नै विद्यावारिधीको कक्षा सञ्चालन गरे नि केन्द्रीय विश्वविद्यालयमा भने अध्यापन हुने गरेको थिएन ।

विश्वविद्यालयले वुधबारबाट विद्यावारिधीको कक्षा शुरुवात गरेको हो ।

कार्यक्रममा उपकुलपति रमेश ढकालले दाङमै विद्यावारिधी शुरु हुनु यस क्षेत्रका लागि गर्वको कुरा भएको बताए । कार्यक्रमका विशिष्ट अतिथि कुलसचिव माधव अधिकारीले विभिन्न आधा दर्जन विषयमा विद्यावारिधीको अध्यापन शुरु भएको जानकारी दिए ।

दाङमै विद्यावारिधीको कक्षा शुरु हुनुले यस क्षेत्रको प्राज्ञिक उन्नयनमा महत्वपूर्ण उपलब्धि हासिल भएको गणितका विद्यार्थी पर्शुराम चौधरीले बताए । उनले लामो समयदेखि विद्यावारिधी गर्ने आफ्नो सपना पूरा भएको समेत बताए ।

विश्वविद्यालयमा गणित, राजनीतिशास्त्र, अंग्रेजी, नेपाली, अर्थशास्त्र, संस्कृतका विभिन्न विषय र योग चिकित्सामा विद्यावारिधीको अध्यापन हुनेछ ।


क्लिकमान्डु