कृषि विकास बैंकको डिबेञ्चरमा सर्वसाधारणको आकर्षण, दोस्रो दिनमै डेढ अर्बको बुक



काठमाडौं । कृषि विकास बैंकको डिबेञ्चरमा सर्वसाधरणको आकर्षण देखिएको छ । राम्रो प्रतिफलसहित ल्याएको कृषि विकास बैंकको २ अर्ब ४० करोड रुपैयाँको ऋणपत्रमा २ दिनमै १ अर्ब ५० करोड रुपैयाँ बुक भइसकेको छ ।

‘कृषि विकास बैंक ऋणपत्र २०८३’ डिबेञ्चरमा सर्वसाधारणको आकर्षण देखिएको हो ।

डिबेञ्चर माघ १४ गतेदेखि बिक्री खुल्ला गरिएको थियो । जसमा संस्थागत लगानीकर्ताका लागि छुट्याइएको १ अर्ब ५० करोड बुक भैसकेको छ ।

सर्वसाधारणका लागि छुट्याईएको १ अर्ब रुपैयाँ बराबरको १ लाख कित्ता पनि धमाधम बिक्री भइरहेको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटलका म्यानेजर मेखबहादुर थापाले बताए ।

बिक्री खुल्ला भएको दोस्रो दिनमै १४ करोड १६ लाख रुपैयाँ बराबरको डिबेञ्चरमा सर्वसाधारणको आवेदन परिसकेको छ ।

७ वर्ष अवधिको डिबेञ्चर जारी गरेको बैंकले सर्वाधिक अर्थात १०.३५ प्रतिशत प्रतिफल दिनेछ । प्रतिकित्ता १ हजार रुपैयाँ कायम गरिएको डिबेञ्चरमा न्यूनतम २५ कित्ता खरिद गर्न सकिने व्यवस्था छ ।

बैंकले १ हजार दरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता डिबेञ्चर निष्काशन गरेको हो । जसमध्ये १ अर्ब बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि बाँकी १५ लाख कित्ता संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ ।

डिबेञ्चरमा छिटोमा माघ १७ गते र ढिलोमा फागुन १४ गतेसम्म लगानी गर्न सकिन्छ ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले सर्वाधिक प्रतिफलका साधै सर्वाधिक सुरक्षित लगानी समेत भएको बताए ।

‘हामीले सर्वाधिक प्रतिफल त दिएकैं छौं, साथमा लगानीको सर्वाधिक सुरक्षाको प्रत्याभूतिमा पनि दिलाएको छ,’ उपाध्यायले भने ।

एनआइबीएल एस क्यापिटलका म्यानेजर थापाले पनि कृषि विकास बैंकको डिबेञ्चरमा सर्वसाधारण लगानी कर्ताको आकर्षण राम्रो देखिएको बताए ।

‘सर्वसाधारणलाई छुट्याइको हिस्सा बिक्री हुन मुस्किल हुने गरेको थियो तर कृषि विकास बैंकको यो स्कीममा पब्लिकको आकर्षण राम्रै देखा परिरहेको छ,’ थापाले भने ।


क्लिकमान्डु