ज्ञानेश्वरमा ब्रिजस्टोन टायर बिक्री केन्द्र शुरु



काठमाडौं । जापानी रबर कम्पनिद्वारा उत्पादित ब्रिजस्टोन टायरको अधिकृत वितरक एटिसि प्रा.लिले ज्ञानेश्वरमा ब्रिजस्टोन बिक्री तथा सेवा केन्द्रको औपचारिक रुपमा सेवा शुभारम्भ गरेको छ ।

एउटै छानामुनि टायर सम्बन्धी विश्वस्तरीय सेवाहरू दिने उदेश्यले उक्त केन्द्र सञ्चालनमा आएको हो ।

डिजिटल टायर हेल्थ परिक्षण, दुई चरणमा व्हील अलाइन्मेन्ट, अन्तराष्ट्रिय स्तरको सिजर लिफ्ट, व्हील सन्तुलन, नाइट्रोजन हावा भर्ने, टायर परिवर्तन, फिटिङ्ग तथा रोटेशन जस्ता सेवा सुविधाहरु यस केन्द्रमा उपलब्ध छन् । केन्द्रले आउँदा दिनहरुमा गाडिको ब्याट्री परिवर्तन , एसिमा ग्यास भर्ने सेवाहरु पनि दिने जनाएको छ ।

कम्पनिले निकट भविष्यमै देशका विभिन्न ठाउँहरुमा यस्ता किसिमका विक्री तथा सेवा केन्द्रहरु आवश्यकता अनुरुप विस्तार गर्दै लैजाने योजना बनाएको छ ।


क्लिकमान्डु