सेयर बजारमा झिनो करेक्सन, माइक्रोफाइनान्समा लगानीकर्ताको आकर्षण



काठमाडौं । सेयर बजारमा झिनो अंकको करेक्सन देखिदा कारोबार रकम भने सन्तोषजनक देखिएको छ । कारोबारमा माइक्रोफाइनान्स र निर्जीबन बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । सेयर बजार मापन गर्ने सूचक ०.२७ अंकले घटेर १३०५.८८ बिन्दुमा रोकिएको छ ।

१७६ कम्पनीको २८ लाख ७८ हजार ४५२ कित्ता सेयर १ अर्ब २९ करोड ३७ लाख ११ हजार ३८३ रुपैयाँको सेयर किनबेच भएको छ ।

१२ वटा समूहको कारोबारमा बैंकिङ ७.९६, उत्पादन तथा प्रशोधन १२.४५, जीवन बीमा समूहको ३२.८७ अंकले घट्दा निर्जीबन बीमा ९७.१९, माइक्रोफाइनान्स समूहको उपसूचक ९०.९५ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नाडेप लघुवित्त वित्तीय संस्था अग्रस्थानमा देखिएको छ । नाडेपको ६ करोड ३८ लाख ७६ हजार ३७३ रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः शिखर इन्स्योरेन्स र छिमेक लघुवित्त वित्तीय संस्था रहेको छ ।

नाडेप लघुवित्त वित्तीय संस्था, नेरुडे लघुवित्त विकास बैंक, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, गुँरास लघुवित्त वित्तीय संस्था, आरएमडिसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा प्रोग्रेसिभ फाइनान्स, नेपाल हाईड्रो डेभलपर्स,  साङग्रिला डेभलपमेन्ट बैंक, नेशनल हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु