टाटाले सन् २०२२ सम्ममा ४ वटा विद्युतीय कार उत्पादन गर्ने



काठमाडौं । गाडी निर्माता कम्पनी टाटाले सन् २०२२ सम्ममा ४ वटा नयाँ मोडलका विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । कम्पनीको योजना सार्वजनिक गर्दै टाटा सन्स कम्पनीका अध्यक्ष चन्द्रकेकरनले उक्त योजना सार्वजनिक गरेका हुन् ।

टाटा कम्पनीद्वारा उत्पादित नेक्सन इभिको सार्वजनिक कार्यक्रममा उनले उक्त समय सीमाभित्र हुने ४ वटा गाडीमध्ये २ वटा एसयुभी, एउटा ह्याच र एउटा सेडान रहनेछन् ।

आगामी एक वर्षभित्रमा अल्ट्रोज इभी सार्वजनिक गर्ने योजना बनाइसकेको छ ।

कम्पनीले उत्पादन गर्ने दुईवटा एसयुभी ह्यारियरको इलेक्ट्रोनिक भर्सन हुनसक्ने आँकलन गरिएको छ । आगामी उत्पादन नयाँ अल्फा आर्किटेक्चरमा आधारित हुने बताइएको छ ।


क्लिकमान्डु