पर्यटन बोर्डको सीइओमा धनञ्जय रेग्मी नियुक्त



काठमाडौं । पर्यटन बोर्डको नयाँ सीइओमा धनञ्जय रेग्मी नियुक्त भएका छन् । मंगलबार साँझ बसेको बोर्ड सञ्चालक समितिको बैठकले रेग्मीलाई नियुक्त गरेको हो ।

सीईओ उपसमितिले रेग्मी सहित ३ जनाको नाम सिफारिस गरेको थियो । जसमा रेग्मीको सबैभन्दा बढी नम्बर आएको थियो ।

सीइओका लागि कुल १७ जनाले आवेदन दिएकामा ९ जनालाई शैक्षिक योग्यता र अनुभवका अनुधारमा सर्ट लिस्ट गरिएको थियो । ९ जनाले दिएको प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा नम्बर दिइएको थियो ।

सीइओको कार्यकाल ४ वर्षको हुन्छ ।

रेग्मी वातावरण अभियानकर्मी हुन । सन् २००६ मा इन्भारोमेन्टल अर्थ साइन्समा जापानको विश्वविद्यालयबाट विद्यावारिधी गरेका रेग्मीसँग जियोग्राफी शिक्षकका रुपमा बुढानिलकण्ठ स्कुलमा अध्यापन गराएको अनुभव छ । साथै हिमालयन क्लाइमेट सेन्टर काठमाडौंमा रिसर्च असिस्टेन्ट समेतमा रुपमा काम गर्दै आएका छन् ।

पीएचडीको अध्ययन पूरा गरेपछि रेग्मीले जापान सपारोस्थित नोडाल कार्याल्यमा पोस्ट डक्टरल रिसर्च फेलोका रुपमा ग्लोवल ल्यान्ड प्रोजेक्टमा समेत काम गरेका थिए ।

उनले एरिजोना विश्वविद्यालयबाट तीन महिने डेन्ड्रोक्रोनोलोजिकल रिसर्च समेत गरेका थिए । रेग्मी अलिे त्रिभुवन विश्वविद्यालयमा जियोग्राफी विभागमा सह प्रध्यापकका रुपमा काम गरिरहेका छन् ।

सन् २००७ देखि उनी अध्यक्षका रुपमा सेर नेपालमा इकोलोजिकल रिट्रोरेसन एन्ड रेट्रोरेसन एक्टिभिटिजमा काम गरिरहेका छन् । उनी सिबानी हाइड्रोपावर कम्पनी प्रालिका अध्यक्ष तथा हिमालयन रिसर्च एक्सपेन्डिसन नेपाल र हिमालयन नर्थ फेस रिसोर्ट लुक्लाका अध्यक्ष समेत हुन् ।


क्लिकमान्डु