नेप्सेले गर्यो सूचीकृत संस्थाको वर्गिकरण, ए वर्गमा १२ वाणिज्य बैंकमात्रै



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वर्गीकृत संगठित संस्थाहरुको सूची सार्वजनिक गरेको छ ।

नेप्सेले सार्वजनिक गरेको नयाँ वर्गिकृत संस्थाहरुमा ‘ए’ ‘बी’ ‘जी’ र ‘जेड’ गरी ४ समूहको वर्गीकरण गरिएको छ । नेप्सेले सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम सूचीकृत गरेको जनाएको छ ।

नेप्सेका अनुसार ‘ए’ वर्गमा १२ वटा मात्रै वाणिज्य बैंक परेका छन् । जसमा बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, माछापुच्छे« बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एसिया बैंक, एनएमबी बैंक, सानिमा बैंक र स्टयान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।

यस्तै ‘बी’ वर्गमा कुनै कम्पनी नपरेको नेप्सेले जनाएको छ । जी वर्गमा भने ३२ वटा कम्पनीलाई रहेका छन् । बाँकी सबै कम्पनी ‘जेड’ वर्गमा परेका छन् ।

न्यूनतम १ अर्ब रुपैयाँ चुक्ता पुँजी भएका, आर्थिक वर्षको ६ महिनाभित्र साधारण सभा गरेका, ३ वर्षदेखि लगातार नाफा गरी लाभांश वितरण गरेका कम्पनीलाई नेप्सेले ‘ए’ वर्गमा राख्ने गरेको छ ।


क्लिकमान्डु