नाफा बुक गर्ने लगानीकर्ताको ध्यान इन्स्योरेन्सतर्फ



काठमाडौं । सेयर बजारमा नाफा बुकगर्ने लगानीकर्ताको होडबाजी नै देखिएको छ ।
कारोबारको सुरुमा बजार केही उकालो लागेको भएपनि पुनः ओरालो लाग्ने, उकालो चढने क्रम जारी नै रह्यो ।

१३१६.३४ बिन्दुसम्म पुगेको बजार अन्तिम समयमा ५.५२ अंकले घटेर १३०६.१५ बिन्दुमा रोकिएको छ । नेप्सेमा सामान्य सुधार हुँदा कारोबार रकम भने बढेको छ । १७८ कम्पनीको ३७ लाख ३९ हजार ३९७ कित्ता सेयर १ अर्ब ४० करोड ४ लाख ६७ हजार ८०५ रुपैयाँको सेयर किनबेच भएको छ ।

१२ वटा समूहको कारोबारमा बैंकिङ १.१२, डेभलपमेन्ट बैंक ३९.४२ अंकले घट्दा निर्जीबन बीमा कम्पनी १४१.३३, जीवन बीमा १५९.२८, माइक्रोफाइनान्स समूहको उपसूचक ४२.५८ अंकले बढेको छ ।

कारोबार रकममा ग्लोबल आईएमई बैंक अग्रस्थानमा रहेको छ । बैंकको ९ करोड ९५ लाख ८५ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्स्योरेन्स र नेको इस्योरेन्स रहेका छन् ।

शिखर इन्स्योरेन्स, नाडेप लघुवित्त वित्तीय संस्था, नागरिक लगानी कोष, एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले कमाउँदा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, रसुवागढी हाईड्रोपावर कम्पनी, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु