मारुती सुजुकीको बलेनो आरएस कार उत्पादन बन्द हुने




काठमाडौं । के तपाई मारुती सुजुकीद्वारा उत्पादित नयाँ बलेनो आरएस मोडलको गाडी किन्न चाहानुहुन्छ ? यदि हो भने अब तपाईको इच्छा कहिल्यै पूरा हुनेछैन ।
किनकी मारुती सुजुकीद्वारा उत्पादन हुँदै आएको बलेनो आरएस मोडलको गाडी उत्पादन बन्द हुने भएको छ ।

केही महिनाभित्रै बिएस–६ मापदण्डमा जानुपर्ने बाध्यात्मक नियम आएसँगै उक्त मोडलको गाडी उत्पादन रोक्ने कम्पनीले निर्णय गरेको हो ।

बिएस–४ स्टयाण्डर्डमा उत्पादन हुँदै आएको ह्याचब्याक सेग्मेण्टको यो कारलाई बिएस–६ मा अपग्रेड नगर्ने भएपछि उत्पादन बन्द हुने भएको हो ।

बलेनो आरएस मोडल पहिलो पटक सन् २०१७ को शुरुवाती चरणमा प्रिमियम ह्याचब्याक स्पोर्टी आइटिरेसनका रुपमा सार्वजनिक भएको थियो ।

स्पोर्टी बलेनो सन् २०१९ मा माइल्ड फेसलिफ्ट भर्सनमा उत्पादन भएको थियो । ८ लाख ८९ हजार भारु मूल्य कायम गरिएको उक्त कारको बिक्री कम भएपछि कम्पनीले मूल्य घटाएर ७ लाख ८९ हजार भारु बनाएको थियो ।

गत वर्षको डिसेम्बरमा बलेनो आरएसको स्टक क्लियर गर्न कम्पनीले थप ७५ हजार भारु छुट दिएको थियो ।


क्लिकमान्डु