एभरेष्ट बैंकको नयाँ ब्याजदर, कुनमा कति ?



काठमाडौं । एभरेष्ट बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ १४ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैकले नयाँ ब्याजदर अनुसार साधारण मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ८.५० प्रतिशत देखी ९.२५ प्रतिशतसम्म र संस्थागत तर्फ ७ प्रतिशत देखी ८.५० प्रतिशतसम्म रहेको छ । अन्य मुद्दति खातामा बैंकले ८.५० प्रतिशत देखी ९.२५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ ।

हाल बैंकले २७ वटा बचत खाता सञ्चालन गरिरहेको छ । अधिकांश बचत खातामा बैंकले ३.५० प्रतिशत देखी ५.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ । साथै बैंकले ३ प्रकारका फरेन करेन्सी डिपोजिटमा भने ०.२५ प्रतिशत देखि २ प्रतिशतसम्म व्याज दिनेछ । कल डिपोजिटको ब्याज भने बैंकले ३.५० प्रतिशतभन्दा माथि दिने जनाएको छ ।

पुस मसान्तमा बैंकको बेसरेट ८.४६ प्रतिशत र स्प्रेडदर ५.३३ प्रतिशत रहेको छ ।

बैंकले हाल २९ प्रकारका कर्जा दिइरहेको छ । कर्जाको ब्याज भने बैंकको न्युनतम ९.७१ प्रतिशतदेखि १५.४६ प्रतिशतसम्म रहेको छ । जसमा ऋणीले ओभर ड्राफ्ट कार्डबाट कर्जा लिँदा १५.४६, होम लोनमा १३.९६ प्रतिशत, सेयर धितो कर्जा १५.२१ प्रतिशत, एजुकेशन लोन १५.४६ प्रतिशत र अटो लोन १५.२१ प्रतिशत ब्याजदर तोकेको छ ।


क्लिकमान्डु