सेयर बजारमा सुधार, कारोबार रकम बढेन



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । सोमबारको कारोबारमा नेप्से मापन गर्ने सूचक २३.९५ अंकले बढेर १३३.६२ बिन्दुमा रोकिएको छ । नेप्से सूचकमा सुधार आएपनि कारोबार रकममा भने अघिल्ला कारोबार दिनको तुलनामा खासै सुधार देखिएको छैन । १८० कम्पनीको २४ लाख ९ हजार २६२ कित्ता सेयर ९१ करोड ७३ लाख ५९ हजार ८६५ रुपैयाँको सेयर किनबेच भएको छ ।

१२ वटा समूहको कारोबारमा बैंकिङ १८.०१, टे«डिङ ३४.५९,  होटल ८३.३२, डेभलपमेन्ट बैंक ४३.८१, निर्जीबन बीमा कम्पनी १४९.७६, जीवन बीमा समूहको १७४.०३ र माइक्रोफाइनान्स समूहको उपसूचक ६६.४३ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सको ८ करोड १४ लाख २८ हजार ४६९ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा ग्लोबल आईएमई बैंक र ग्रामिण विकास लघुवित्त वित्तीय संस्था रहेका छन् ।

नेरुडे लघुवित्त वित्तीय विकास बैंक, फस्ट फाइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, आशा लघुवित्त वित्तीय संस्था, गुँरास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, यूनाइटेड फाइनान्स, दिव्यश्वरी हाईड्रोपावर,  सम्बृद्धि फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु