यी हुन् संसारका सबैभन्दा महंगा घर, यस्ता छन् सुविधा, मूल्य कति ?



काठमाडौं । मध्यम वर्गिय मानिसका लागि जीवनमा दुई वटा लक्ष्य हुन्छन् । एउटा राम्रो घर होस् र अर्को साथमा एउटा गाडी पनि होस् । यिनै २ रहर पूरा गर्नका लागि मानिस हरेक दिन काम गर्छ । निम्न वर्गियका लागि कमाएर यी रहर जोडौंलाभन्ने आशा मात्रै हुन्छ ।
तर धनीहरुको हकमा भने अलिक फरक छ । धनीका घर घरमात्रै हुँदैनन् आलिसान बंगला हुन्छन्, विशाल क्षेत्रफल र ठूला भवन हुन्छन् । जुन हरेक प्रकार सुविधाले भरिपूर्ण हुन्छन् ।

घरमा ठूलो धनराशी खर्च गर्नु धनाड्यहरुको शोख पनि हो । नेपालमै पनि धनाड्यहरुको घर करोडौं मूल्य बराबरका छन् ।

तर, आज हामी तपाईंहरुलाई संसारका अर्बपतिका घरहरुको बारे जानकारी दिँदैछौं । यस लेखमा हामी संसारका महंगा १० घर र तीनका मालिकबारे चर्चा गर्दैछौं ।

१) बेभेर्ली हाउस

यो घरको अहिलेको मूल्य १३५ मिलियन अमेरिकी डलर पर्छ । अहिलेको समयमा भाडामा लिने हो भने यो घरको प्रति महिनामा ६ लाख अमेरिकी डलर बुझाउनु पर्छ । ६ फ्ल्याट स्वायर क्षेत्रफलमा फैलिएको यो घरमा इटालियन र स्पेनिस स्टाइलका स–साना घरहरु पनि छन् । अंग्रेजी अक्षर एच को डिजाइनमा रहेको मुख्य भवनमा प्रवेशद्वारा नै ५० फिट चौडा छ ।

कुँदिएको सिलिङ, विशाल लाइब्रेरी, बालकोनी, बिलियार्ड रुम, ४०० जना बस्न मिल्ने फ्यामली रुमका साथै नाइट क्लव, वाइन सेलर, २ वटा प्रोजेक्सन रुम र स्पाको सुविधा समेत छ ।

यो घर सन् १९४६ मा इन्जिनियर गार्डन कोउफम्यान र बैंकिङ क्षेत्रका मिल्टोन गेट्चले निर्माण गरेका हुन् । यो घरमा प्रसिद्ध चलचित्र गडफादर र द बडीगार्ड जस्ता चलचित्रको सुटिङ समेत गरिएको थियो ।

२) द फेउर डे लाइस म्यानसन

गत मार्चमा यो घर १०२ मिलियन अमेरिकी डलरमा बिक्री भयो । सन् २००७ मा यस घरमा मालिक डेभिड र सुजान स्पेस्टाइनबीच डिभोर्स भयो र उनीहरु छुट्टिएपछि घर बिक्रीमा राखिएको थियो । यो घर जसले नगदमा खरिद गर्यो उसले आफ्नो नाम गोप्य राखेका छन् । तर सञ्चारमध्यमका अनुसार यो घर पूर्व जंग बोन्ड किङ माइकल मिल्केनले खरिद गरेका हुन ।

१२ वटा बेडरुम र १५ वटा बाथरुम भएको यो घरमा स्वीमिङ पुलसँगै, स्पा, लाइब्रेरी, ३००० स्क्वायर फुट वाइन सेलर, टेनिस कोर्ट पनि छ । यो घरमा द ग्रिन होर्नेट चलचित्र र एबीसी टेलिभिजनको सिरिज बिग सट्स र सन् २००८ मा अउडी सुपर ब्लोको सुटिङ समेत भएको थियो ।

३) लियोपोल्डा भिल्ला

रसियन बिलेनियर मेखेइल प्रोख्वारोभले सन् २००८ मा भिल्ला लियोपोल्डा खरिद गर्ने प्रयास गर्दा यस घरको मूल्य ५०० मिलियन यूरोपियन डलर मूल्यांकन गरिएको थियो । जुन ७५० अमेरिकी डलर बराबर हो । सन् १९०२ मा बेल्जियमका राजा लियोपोल्ड द्वितियले निर्माण गरिएको यो घर उनकी पत्नीलाई उपहार दिइएको थियो । सन् १९८८ मा बैंकर एडमन्ड सोफ्राले खरिद गरी पत्नी लिली सफ्रालाई दिएका थिए ।

११ वडा बेडरुम र १४ वटा बाथरुम भएको भिल्ला ५० एकर क्षेत्रफलमा फैलिएको छ । जसमा कमर्सियल ग्रिन हाउस। आउटडोर किचन, पुल र हेलिप्याड समेत छ । यो भवन चलचित्रहरु द रेड सुज र टु क्याच अ थिफको सुटिङका लागि समेत प्रयोग गरिएको थियो ।

४) १५ सेन्ट्रल पार्क वेस्ट

हाउस अफ आउट्राजेउस फ्रच्युनका लेखक माइकल ग्रोसले यो घर रहेको स्थानलाई सबैभन्दा पावरफुल ठेगाना भनेका छन् । किनभने यो भवन लाइमस्टोन जिजसका नामले पनि चिनिन्छ ।

किनभने यहाँ सबैभन्दा शक्तिशाली मानिसहरु ड्यानियल लोएब बसेका थिए । उनले सन् २००८ मा १० हजार ६७४ स्वायर फूट क्षेत्रफलको पेन्टहाउस महंगो मूल्यमा खरिद गरेका थिए । सन् २०१२ मा लोएबले १०० मिलियन डलरमा बिक्री गर्ने हल्ला चलेको समेत थियो । तर उनले बिक्री भने गरिसकेका छैनन् ।

५) केइन्सटोन प्यालेस गार्डेन, लन्डन

भारतीय स्टिल टाइकुन लक्ष्मी मित्तल यसलाई केइन्सटोन प्यालेस गार्डेनलाई ताज मित्तल भन्छन् । उनले यो घर ५७ मिलियन पाउन्ड स्ट्रलिङमा खरिद गरेका थिए । उनले बेलायती व्यवसायी म्यागनेट ब्रेनाइसँग खरिद सन् २००४ मा खरिद गरेका थिए ।

मित्तलले भारतस्थित ताज महलमा प्रयोग गरिएको जस्तै मार्बलको प्रयोग गरी रिनोभेट समेत गरेका थिए । भवनसँगै रामन अब्रामोविच र लियोनार्ड बल्भात्निक पनि सँगै बस्ने हुनाले यस प्रपोर्टिलाई थ्रि लाइन्ड बिलेनियर्स पनि भनेर चिनिन्छ । जसमा ५५ हजार स्वायर फिटको क्षेत्रफलमा १२ वेडरुप, टर्किस बाथ, स्वीमिङ पुल, पिक्चर ग्यालेरी र बलरुप पनि छ ।

६) टुर ओडियोन

संसारको सबैभन्दा महंगो घरमध्येको एक मानिने टुर ओडियोनलाई सीएनएन मनीका अनुसार ४०० मिलियन अमेरिकी डलरमा बिक्री गर्न खोजिएको थियो । ३५ हजार ५०० स्वायर फिट क्षेत्रफलमा फैलिएको अपार्टमेन्टमा ५६० फुटको स्काइस्क्र्यापर छ । पेन्ट हाउसमा ३६० डिग्री भ्यू समेत छ ।

७) एन्टिला हाउस

भारतको मुम्बइस्थित अल्टामाउन्ट रोडमा अवस्थित अर्बपति मुकेश अम्बानीको यो घर संसारका महंगा घरहरुमध्येमा पर्छ । यस घरको मूल्य १ बिलियन अमेरिकी डलरभन्दा बढी छ । ४ लाख स्वायर फुट क्षेत्रफलमा फैलिएको यो घर सन् २०१२ मा निर्माण गरिएको हो । यस भवनलाई सिकागोका इन्जिनियर पार्किन्स र विलले डिजाइन गरेका हुन् ।

यस भवनमा १६८ वटा कारको पार्किङ, बलरुम, तीन वटा हेलिप्याड, गार्डेन, मन्दिर, गेस्ट स्वीट्स र ५० सिटको होम थिएटर समेत छ

८) जानाडु २.० मेडिना, वासिङटन

माइक्रोसफ्टका मालिक र विश्वका दोस्रो धनी विल गेट्सको घर हो यो जानाडु २.० । ७ वर्ष लगाएर निर्माण गरिएको यो भवनको मूल्य १२५ मिलियन अमेरिकी पर्छ । गेट्सले सन् १९८८ मा १४ मिलियन अमेरिकी डलरमा यो भवन खरिद गरेका थिए ।

६६ हजार स्वायर फिट क्षेत्रफलमा फैलिएको स्मार्ट कम्प्लेक्स पहाडको नजिक बनाइएको छ । चारैतिर हरियालीले छोपेको घरमा ठूलो अक्वारियम समेत छ ।

९) प्लाजो डि अमोर, बेभेर्ली हिल्स, क्यार्लिफोनिया

रियल स्टेट मोगुल जेफ ग्रिनीले प्लाजो डि अमोर, बेभेर्ली हिल्सको मूल्इ १९५ मिलियन अमेरिकी डलर तोकेका छन् । जसमा ५३००० स्वायर फिट स्पेसमा फैलिएको यो भवनमा १५००० स्वायर क्षेत्रफल मनोरञ्जनका लागि मात्रै छुट्याइएको छ । रिभोल्भिङ डान्स फ्लोरसँगै १२ वटा बेडरुम, २३ वटा बाथरुमसँगै चलचित्र हल, टेनिस कोर्टसँगै २७ वटा कार अट्ने पार्किङको सुविधा समेत छ । जहाँ १ हजार जनाले सँगै पार्टी गर्न सक्छन भने गार्डेन र वाइनयार्ड पनि निकै राम्रोसँग बनाइएको छ ।

१०) फेयर फिल्ड सागापोक्यान, न्यूयोर्क

६३ एकर क्षेत्रफलमा फैलिएको फेयर फिल्ड सागापोक्यान भवनको मूल्य २४९ मिलियन अमेरिकी डलर पर्छ । यो घरको मालिक अर्बपति लगानीकर्ता इरा रेननेर्ट हुन । उनले सन् १९९९ मा यो घर निर्माण गर्न शुरु गरी २००४ मा बसाइ सरेका थिए ।

घरमा २९ वटा बेडरुम, ३९ वटा बाचरुम छन भने तीन वटा स्वीमिङ पुलसँग बास्केट बस कोर्ट, बोलिङ एलीका साथै अनेकन सुविधा उपलब्ध छ ।


पुष्प दुलाल