राष्ट्रिय वाणिज्य बैंकमा लोकसेवाको अनावश्यक हस्तक्षेप, गाँठो फुकाइदिन अर्थमन्त्रीलाई आग्रह



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक वित्तीय संस्था कर्मचारी युनियनका अध्यक्ष गगन घिमिरेले लोक सेवा आयोगले विभिन्न विषयमा बैंकमा हस्तक्षेप गरेको बताएका छन् ।

बैंकको ५५ औं वर्षिक उत्सवमा अध्यक्ष घिमिरेले यस्तो बताएका हुन । उनले सरकारी लगानीमा रहेको बैंकमा लोक सेवाले विनियमवाली छुट्टाछुट्टै लगाएकाले विभिन्न खाले समस्या सृजना भएको बताए । लोकसेवाले कर्मचारी भर्नाभन्दा बाहेक अरु कुरामा बैंकमाथी हस्तक्षेप गर्न नमिल्ने बताए । आयोगको कारण कर्मचारी भर्ना हुन समस्या भएको उनको भनाई छ ।

आयोगकै कारण विनियमवालिको विषयमा अदालतमा मुद्दा चलिरहेको र त्यसैका कारण कर्मचारीको बढुवा पनि रोकिएको बताए । कार्यक्रममा उनले अर्थ मन्त्रीलाई त्यो गाँठो फुकाइ दिन आग्रह गरेका छन् । गाँठो फुकुवा भएमा नयाँ कर्मचारी भर्ना गर्न सहज हुने र सबै शाखामा प्रयाप्त कर्मचारी भएर कार्यसम्पादन राम्रो प्रभावकारी रुपमा हुने उनको तर्क छ । नयाँ कर्मचारी भर्नाले पुरानो कर्मचारीको बढुवा १० वर्ष पछि भएमा पनि यूनियनले आपत्ती नजनाउने उनको भनाइ छ ।


क्लिकमान्डु