संचालन खर्च बढ्दा सिदार्थ बैंकको नाफा घट्यो, ६ महिनाको नाफा १ अर्ब २ करोड



काठमाडौं । अघिल्लो वर्षको तुलनामा खराब कर्जा अनुपात(एनपीएल) घटाएपछि सिदार्थ बैंकको नाफा घटेको छ ।

बैंकले पुस मसान्तसम्ममा १ अर्ब २ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ६ करोड थियो ।

बैंकको खराब कर्जा अनुपात पुस मसान्तसम्ममा १.५५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष एनपीएल १.६४ प्रतिशत रहेको थियो ।

बैंकको ब्याज आम्दानी बढेपनि अघिल्लो वर्षको तुलनामा खर्च बढेको कारण नाफा न्यून अर्थात ४ करोडले घटेको हो । कर्मचारी र संचालन खर्च बढेको देखिन्छ । बैंकको पर्सनल खर्च अघिल्लो वर्ष ६ महिनामा ७७ करोड रहेकोमा यो वर्ष १ अर्ब ३ करोड पुगेको छ ।

सिदार्थ बैंकले पुस मसान्तसम्ममा १ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छ । यस्तै कर्जा १ खर्ब १८ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो वर्ष पुस मसान्तसम्ममा निक्षेप १ खर्ब १४ अर्ब थियो भने कर्जा १ खर्ब ४ अर्ब रुपैयाँ रहेको थियो ।

बैंकको कर्जा निक्षेप अनुपात ७८.७७ प्रतिशत भने ५.१७ प्रतिशत छ । २१.५७ इपीएस रहेको सिदार्थ बैंकले ६ महिनाको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा ५७ करोड मात्र भएको उल्लेख गरेको छ ।


क्लिकमान्डु