सानिमा बैंकको ६ महिनाको नाफा १ अर्ब १४ करोड, निक्षेप १ खर्ब पुग्यो



काठमाडौं । सानिमा बैंकले पुस मसान्तसम्ममा १ अर्ब १४ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो वर्षको ६ महिनाको तुलनामा १६ प्रतिशतले नाफा बढाउन सफल भएको छ । अघिल्लो वर्ष पुस मसान्तसम्ममा सानिमा बैंकको नाफा ९८ करोड रहेको थियो ।

सानिमा बैंकले आफ्नो निक्षेपको आकार करिब १ खर्ब पुर्याएको छ । पुस मसान्तसम्ममा सानिमा बैंकमा ९९ अर्ब ३० करोड रहेको छ ।

असार मसान्तको तुलनामा सानिमा बैंकले निक्षेप करिब १० अर्बले बढाउन सफल भएको छ । सानिमा बैंकले पुस मसान्तसम्ममा ८८ अर्ब ७१ करोड रुपैयाँ कर्जा दिएको छ । असार मसान्तसम्ममा बैंकले ८१ अर्ब ४१ करोड रुपैयाँ कर्जा दिएको थियो ।

बैंकले ६ महिनामा ब्याज आम्दानी मार्फत २ अर्ब १६ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको पुस मसान्तमा ब्याज आम्दानी मार्फत १ अर्ब ९० करोड कमाएको थियो ।

पुससम्मको नाफाको आधारमा बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा ९५ करोड करोड गरेको छ । चुक्ता पूँजी ८ अर्ब ८० करोड रहेको बैंकको रिजर्बमा २ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।

बैंकको पूँजीकोष अनुपात १२.७८ प्रतिशत रहेको छ । यस्तै कर्जा निक्षेप अनुपात ७८.२५ प्रतिशत छ । बेसरेट ९.२९ प्रतिशत रहेको छ । बैंकले ५.०४ प्रतिशत निक्षेप र कर्जाको ब्याजदर अन्तर रहेको जनाएको छ ।


क्लिकमान्डु