नाडाद्वारा भन्सार, भिसिटिएस र करसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न




काठमाडौं । ६८औ विश्व भन्सार दिवसको अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको पहलमा भन्सार, भेइकल कन्साइन्मेन्ट एण्ड ट्रयाकिङ (भिसिटिएस) तथा कर सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालको प्रमुख आतिथ्यतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले उपस्थित सबैलाई स्वागत गर्दै भन्सार, भिसिटिएस तथा कर सम्बन्धमा व्यवसायीहरुमा धेरै अन्योलता रहेकोले त्यसको समाधानको लागि सम्बन्धित विभागहरुबाट नै सहयोग लिई यो प्रशिक्षण कार्यक्रम गर्न लागेको र यो कार्यक्रमबाट व्यवसायीहरुले अधिकतम रुपमा लाभ लिन सक्ने विश्वास समेत व्यक्त गरे ।

उक्त कार्यक्रममा महानिर्देशक दाहालले मानिसहरु भन्सारसँग अझै पनि साक्षात्कार हुन नसकेको बताए । मालवस्तुहरुको सहि मूल्य घोषणा व्यवसायस्हरुले नै गर्ने हो । भन्सार प्रणाली र कर प्रणाली व्यवसायीहरु मै निहित छ । विश्वास निर्माण धेरै गाह्रो विषय हो । आज भन्सार क्यास लेश भइसकेको छ । बैंक सबै तिर उपलब्ध छ । अब भन्सार विभागले डिजिटल प्रणाली लागु गर्दैछ । त्यसैगरी, अहिले विभागले आशिकुडा वल्र्ड पनि लागु गर्दै लगेको छ भन्नु भयो । सोहि क्रममा उहाले डुईङ्ग विजनेशको स्तर नेपाल, भारत भन्दा अगाडि रहेको छ । अहिले विभाग पेपरलेश भइसकको छ र अव नो पेपर तर्फ अघि बढेको बताए । नेपालका प्रमुख भन्सार कार्यालयहरु अहिले आई सि पि तर्फ जादैछ । व्यवसायीहरुले भन्सार सम्बन्धी सुचना वा जानकारीहरु ईमेल तथा टोल फ्रि मार्फत लिन सकिने व्यवस्था भएको जानकारी समेत उनले दिए ।

नाडाका अनुसार यस्तोे प्रशिक्षण कार्यक्रम नाडाले विगतमा पनि गर्दै आएकोे छ । उक्त तालिम कार्यक्रममा नाडाका कूल ८१ सदस्य फर्म÷कम्पनीहरुले आफनो सहभागिता जनाएका छन् । उक्त कार्यक्रममा भन्सार विभागका निर्देशक ज्ञानेन्द्रराज ढकाल, राजश्व अनुसन्धान विभागका निर्देशक रामप्रसाद रेग्मी, आन्तरिक राजश्व विभागका शाखा अधिकृत राजु प्याकुरेल, र चार्टड एकाउन्टेन साहिल अग्रवालले प्रशिक्षण दिएका थिए ।


क्लिकमान्डु