युनाईटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ चयन




युनाईटेड ईन्स्योरेन्स कम्पनीको संचालक समितिको अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
उनी यस कम्पनीको संस्थापक शेयरधनी एन.ई गु्रपका अध्यक्ष समेत रहेका छन् ।

बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका बमोजिम अध्यक्ष श्रेष्ठले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिर्ई पदभार ग्रहण गरेका छन् ।

अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री र नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष समेतको जिम्मेवारी वहन गरिसकेका छन् । देशको अर्थतन्त्रप्रति गहिरो रूचि राख्नु हुने अध्यक्ष श्रेष्ठ नेपालको निजी क्षेत्रको प्रतिविम्ब मानिन्छन् ।

अध्यक्ष श्रेष्ठले युनाईटेड ईन्स्योरेन्स कम्पनीलाई नयाँ उचाईमा पु¥याउन आफु प्रतिवद्ध रहेको बताएका छन् ।


क्लिकमान्डु