ग्लोबल आइएमई बैंकका दुई नयाँ शाखा सञ्चालनमा



काठमाडौं । ग्लोबल आइएमई बैंकले दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याई कारोबार शुरु गरेको छ ।

बैंकले वाग्मती प्रदेशको काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. ३, बालुवापाटी र प्रदेश नं. ५ को कपिलवस्तु जिल्ला, कृष्णनगर नगरपालिका वडा नं. २, गुरुद्वारा रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

दुई नयाँ शाखाहरु सञ्चालनसँगै बैंकको शाखा कार्यालयको संख्या २६९ पुगेको छ ।


क्लिकमान्डु