वायु सेवा निगमका अध्यक्ष खरेलको राजीनामा स्वीकृत, रिक्त पदको जिम्मेवारी पर्यटन सचिवलाई



काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सीसँग एभिएसन विषय सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्न अनुमति दिएको छ ।

बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बासकोटाले उक्त जानकारी दिए ।

गत साता बसेको मन्त्रिपरिषदको बैठकले नेपाल वायु सेवा निगमका अध्यक्ष मदन खरेलको राजीनामा स्वीकृत गरेको छ । भने रिक्त पदमा पर्यटन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीलाई जिम्मेवारी दिने समेत निर्णय गरेको छ ।


क्लिकमान्डु