साझा यातायातलाई दिएको ३ अर्ब रुपैयाँ सरकारले ब्याज सहित फिर्ता लिएर भौतिक योजना मन्त्रालयलाई दिने



काठमाडौं । सरकारले साझा यातायातलाई ३०० वटा विद्युतीय बस किन्नको लागि दिएको ३ अर्ब रुपैयाँ ब्याज सहित फिर्ता लिने भएको छ । असार २९ गते को मन्त्रीपरिषद्को निर्णयले सरकारले साझा सहकारीमा सेयर लगानी बढाउने अन्तर्गत ३ अर्ब रुपैयाँ दिने निर्णय गरेको थियो ।

साझाले ३ सय वटा विद्युतीय बस किन्ने भनेपनि त्यो किन्न भने सकेन । साझालाई दिने भएको ३ अर्ब रुपैयाँ ब्याज सहित फिर्ता लिने निर्णय भएको सरकारका प्रवक्ता एव् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । सरकारले भौतिक योजना मन्त्रालय मार्फत ३ सय वटा बस किन्नको लागि अर्थमन्त्रालयले भौतिक योजना तथा पूर्वाधार मन्त्रालयलाई दिने निर्णय गरेको बास्कोटाले बताए ।


क्लिकमान्डु