रेनोकाे ट्राइबर गाडी नेपालमा सार्वजनिक



काठमाडौं । एडभान्स अटोमोबाइलले रेनोको यूरोपियन ब्राण्डको रेनो ट्राइबर गाडी नेपालमा भित्र्याएको छ । रेनो ट्राइबरले बि-सेगमेन्टका गाडीहरु खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै नेपालमा रेनो ट्राइबरको बिक्री सुरु गरेको जनाएको छ ।

रेनो ट्राइबर विशाल, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने गाडी हो । जसमा आकर्षक इन्टेरियरसहित ४ मिटरको स्पेसमा विभिन्न आधुनिक र व्यवहारिक विशेषताहरु छन ।

रेनो ट्राइबर आकर्षक रुपले डिजाइन गरिएको छ, कडा, कम्प्याक्ट, फराकिलो, भर्सटाइल तथा मोड्युलर गाडी हो । रेनो ट्राइबरमा फराकिलो तर कम्प्याक्ट, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने आकर्षक इन्टेरियर र विभिन्न आधुनिक तथा व्यवहारिक विशेषता भएको गाडी हो । रेनो ट्राइबरमा यो श्रेणीको ५ सिटर कन्फ्रिगेशनमा सबैभन्दा ठुलो बुट क्षमता छ ।

रेनो ट्राइबर आकर्षक डिजाइन भएको रुमी र मोड्युलर गाडी हो । जसमा रेनो ट्राइबर ४ ट्रिममा उपलब्ध छ । आरएक्सइ, आरएक्सएल, आरएक्सजेड जसमा २० भन्दा बढि विशेषताहरु रहेका छन् । रेनो ट्राइबर स्टाइलिस, फराकिलो, आधुनिक र व्यवहारिक सुविधासम्पन्न, अल्ट्रा मोड्युल गाडी हो । जसमा १०० भन्दा बढि विभिन्न सिट कन्फ्रिगेसनहरु रहेका छन् ।

इजीफिक्स सिट, एसयुभी स्कीड प्लेट्स, एलइडी इन्स्टुमेनट क्लस्टर, दोस्रो र तेस्रो रो मा टुइन एसी भेन्ट, १८२ एमएम को उच्च ग्राउण्ड क्लियरेन्स र ८ इन्चको टच स्क्रीन मिडिया नेभिगेसन इभोलुसन प्रणाली पनि गाडीमा रहेको छ । यो गाडीमा रेनो ट्राइबरमा १ लिटरको पेट्रोल इन्जिन राखिएको छ । जसले प्रदर्शन र इन्धनमा एकरुपता कायम गरेर कुल मेन्टेनेन्श खर्च कम गर्दछ ।


क्लिकमान्डु