सेयर बजारमा दोहोरो अंकको गिरावट, लगानीकर्ता नाफा बुक गर्न व्यस्त



काठमाडौं । सेयर बजारका लगानीकर्ता नाफा बुक गर्ने तर्फ लागेको देखिएको छ । जसमा कारण बजारमा गिरावट आएको जानकारहरु बताउँन थालेका छन् ।

बजारमा नाफा बुक गर्नेहरु हाबी हुँदा बिक्रको चाप परेको देखिएको छ । जसका कारण साताको अन्तिम दिन बिहीबार नेप्से मापन गर्ने सुचक १५.९५ अंकले घट्दा १२९७.४७ बिन्दुमा रोकिएको छ । बजारले लगानीकर्ताको १३०० को मनोविज्ञान छोडेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.५९ अंकले घटेर २७८.७२ बिन्दुमा रोकिएको छ । १७२ कम्पनीको ३७ लाख ५४ हजार ५२१ कित्ता सेयर १ अर्ब ३८ करोड ४२ लाख ९ हजार ४१२ रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा गिरावट आएपनि कारोबार रकममा भने खासै गिरावट देखिएको छैन । केही समय यता कारोबार रकम अर्ब माथी नै भइरहेको छ । यसले पनि लगानीकर्ता नाफा बुक गर्नेतर्फ लागेको आंकलन गर्न थालिएको छ ।

कारोबारमा बैंकिङ समूहको २१.२३, होटल ३२.५६, डेभलपमेन्ट बैंक १९.२७, निर्जीबन बीमा ६६.६२, माइक्रोफाइनान्स समूहको उपसूचक १४.९८ अंकले घट्दा जीवन बीमा समूहको उपसूचक ४०.८८ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । नेपाल लाइफको १८ करोड ४० लाख ८६ हजार ४८५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः ग्लोबल आईएमई बैंक र नेपाल बैंक रहेका छन् ।

सिनर्जी पावर डेभलपमेन्ट, मिथिला लघुवित्त वित्तीय संस्था, कन्चन डेमलपमेन्ट बैंकका लगानकिर्ताले कमाउँदा सिद्धार्थ इक्विटी फण्ड, मञ्जु श्री फाइनान्स, हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु