अर्घाखाँची सिमेन्टको ‘धन वर्षा’ योजनाको समयावधी थप



काठमाडौं । अर्घाखाँची सिमेन्ट प्रालिले बिगत दुई महिनाअघिदेखि लागू गरिरहेको ‘धन वर्षा’ योजनाको समयावधी केहि समयका लागि थप गरेको छ ।
अर्घाखाँची सिमेन्टप्रति सम्पूर्ण ग्राहक महानुभावहरुले देखाउनुभएको सद्भाव तथा ‘धन वर्षा’ योजनामा उनीहरुको उत्साहजनक सहभागीतालाई सम्मान गर्दै यस स्युर सट नगद उपहार योजनालाई अतिरिक्त केही समयमा लागि निरन्तरता दिइएको कम्पनीले आज प्रेश विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

‘नव निर्माणमा धनको बहार, अर्घाखाँचीमा करोडौं उपहार’ नारा दिइएको यस योजना अर्घाखाँची सिमेन्टलले स्थापनाको पाँचांै वर्षको उपलक्ष्यमा मंसिर ८ गतेदेखि माघ ८ सम्मका लागि ल्याएको थियो ।

कम्पनीले यस योजनाअन्तर्गत समयावधी बाहेक अन्य शर्तहरु केहि पनि परिबर्तन नभएको पनि जनाएकोछ ।

यस योजनाअन्तर्गत ग्राहक तथा उपभोक्ताले अर्घाखाँचीको जुनसुकै (ओपिसी वा पिपिसी) १५ बोरा सिमेन्टको खरिदमा एक स्क््रयाच कुपन पाउनेछन् जसलाई स्क््रयाच गरी उपभोक्ताहरुले रु १०० देखि रु ५००, रु १०००, रु १०,०००, रु २५०००, रु ५० हजार र रु १ लाखसम्मको सुयोर सट नगद उपहार पाउनेछन् । यसरी पाउने नगद उपहारमा नेपाल सरकारको नियमानुसार लाग्ने कर विजेताले नै तिनुपर्नेछ ।

देशैभरी लागूहुने यस योजनाअन्तर्गत भाग्यशाली विजेताले डिलर वा हार्डवयेरमार्फत सिमेन्ट खरिद गर्दाकै समयमा सुयोर सट नगद उपहार प्राप्त गर्नेछन् ।

‘यस योजनाअन्तर्गत हामीले हाम्रा उपभोक्ता महानुभावहरुबाट पाएको साथ, सद्भाव एवं विश्वासप्रति हामी निकै हर्षित छौं । उहाँहरुसँगको सम्बन्धलाई थप सुदृढ गर्न यस योजनाको समयावधी थपिएको हो,’ कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाले भने ।


पुष्प दुलाल