सेञ्चुरी बैंकद्वारा २५० थान टर्च लाईट सहयोग



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितीलाई श्रद्धालु भक्तजनहरुको रात्री यात्रालाई सहज बनाउन २५० थान र्टच लाईट हस्तान्तरण गरेको छ ।

बैकका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले समितीका महासचिव एल.पि.श्रेष्ठलाई र्टचलाईट हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य कार्यक्रमहरु पनि गर्दै आएका छन् ।


क्लिकमान्डु