सिर्जना फाइनान्सको सेयर कारोबार रोक्का



काठमाडौ । सिर्जना फाइनान्सको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गराएको जानकारी अनुसार सनराइज बैंक र सिर्जना फाइनान्सलाई प्राप्ती (एक्विजिशन) गर्ने सहमति भएपछि कारोबार रोक्का भएको हो ।
नेप्सेका अनुसार सहमति पत्रमा हस्ताक्षर भएपनि उक्त प्राप्ती सम्बन्धी प्रकृया नसकेसम्मको लागि सिर्जना फाइनान्सको सेयर कारोबार रोक्का भएको हो ।


क्लिकमान्डु