तीन दिनमा बैंकमा १६ अर्ब रुपैयाँले ऋण घट्दा निक्षेपमा ८ अर्बको कमी



काठमाडौं । वाणिज्य बैंकहरुमा तीन दिनमा १६ अर्ब रुपैयाँले निक्षेप घटेको छ । २७ वटा वाणिज्य बैंकमा पुस मसान्तसम्ममा २७ खर्ब ३१ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका थिए ।

तीन दिनभित्र शुक्रबार अर्थात माघ ३ मा आइपुग्दा ऋण रकम घटेर २७ खर्ब १६ अर्ब रुपैयाँमा झरेको छ ।

निक्षेपपनि तीन दिनको अवधीमा ८ अर्ब रुपैयाँले घटेको छ । पुस मसान्तसम्ममा बैंकहरुसँग ३० खर्ब ६० अर्ब रुपैयाँ रहेकोमा ३० खर्ब ५२ अर्ब रुपैयाँमा निक्षेप झरेको छ ।


क्लिकमान्डु