३०% नाफा भएपछि जनताका सेयरधनीले ग्लोबलको सेयर बेचे, ग्लोबल एक्लैको ६१ करोडको कारोबार



काठमाडौं । जनता बैंक र ग्लोबल आईएमई बैंक आपसमा गाभिएपछिको कारोबारमा जनता बैंकका लगानीकर्ताले ३० प्रतिशत भन्दा बढी नाफा आर्जन गरेका छन् ।

जनता बैंकको कारोबार २१४ रुपैयाँमा कारोबार रोकिएको थियो । बैंकले लगानीकर्तालाई ६ प्रतिशत बोनस पनि दिएको थियो । बोनस समायोजन पछिको कारोबार २०२ रुपैयाँमा कारोबार खुलेको थियो ।

अहिले दुवै बैंक मर्जपछि प्रतिकित्ता ३१० रुपैयाँ भएको छ । उक्त रकमको कारोबारलाई हेर्दा जनता बैंकका लगानीकर्ताले ३० प्रतिशत नाफा आर्जन गरेका हुन ।

दुई बैंक मर्जहुँदा १ः०.८५ सेयर स्वाप रेसियोमा मर्ज भएको थियो । जनताको १०० सय कित्ता सेयर हुने लगानीकर्ताले ग्लोबलको ८५ कित्ता सेयर पाएका छन् ।
बुधबारको कारोबारमा ग्लोबल आईएमई बैंकको कारोबार रकम सबैभन्दा बढी रहेको छ । बुधबारको कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंकले छलाङ मारेको छ ।

सेयर ब्रोकरहरुका अनुसार बुधबार जनता बैंकका सेयरधनीले सेयर बिक्री गरेका छन् । बुधबार ग्लोबल आईएमई बैंककोे ६१ करोड १२ लाख २८ हजार ७४६ रुपैयाँको किनबेच भएको छ ।


क्लिकमान्डु