बुध्द एयरले माघ १८ देखि राजविराज उडान भर्ने



काठमाडौं । बुध्द एयरले प्रदेश २ को राजविराजमा पनि उडान भर्ने भएको छ । यहि माघ १८ देखि दैनिक उडान हुने कम्पनीले जनाएको छ ।

उडानको समय काठमाडौंबाट ११ः२५ र राजविराजबाट १२ः२० राखिएको छ । उडान अवधि झण्डै ३५ मिनेटको हुनेछ ।

यो उडानले सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुहरुलाई सुविधा पुग्नेछ ।

दैनिक उडानले पर्यटन पर्वद्धनका साथै भिजिट नेपाल २०२० लाई पनि टेवा पुग्ने बुध्द एयरले विश्वास लिएको छ । पर्यटकको आउजाउसँगै स्थानीय स्तरमा रोजगारीको साथै आर्थिक वृद्धि हुनेछ ।

राजविराज धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण शहर हो । त्यहाँबाट छिन्नमस्ता, बराहक्षेत्र, कोशीटप्पु, सलहेश गहवरका साथै अन्य थुप्रै पर्यटकीय गन्तव्यसम्म सजिलै पुग्न सकिन्छ ।

राजविराज उडानले सिमापारीका सहरसा, सुपौल, निर्मली, बीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगञ्ज, झन्झारपुर, सकरी, घोघडीया, लौकहालाई पनि सजिलैसँग जोड्न सकिन्छ । यसबाट दुबै देशका पर्यटकहरुलाई फाईदा पुग्नेछ ।


क्लिकमान्डु